अन्तराष्ट्रिय

कृषि विधेयकविरुद्ध भारतमा चक्काजाम

एजेन्सी, ९ असाेज । भारतको संसदको दुबै सदनबाट पारित कृषि विधेयकविरुद्ध शुक्रबार किसान संगठनले भारतभरी चक्काजामको आह्वान गरेका छन् । सरकारले यी विधेयकलाई किसानको हितैषी बताउँदै यसले किसानको आय बढ्ने र बजार उनको उत्पादनका लागि खुल्ने जानकारी दिएको छ ।  यस्तै किसान संगठनले यो विधेयक कृषि क्षेत्रलाई व्यापारीको हातमा सुम्पिने कोसिसको हिस्सा भएको बताएको छ […]

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ५० हजार नजिक

काठमाडौं, १ भदाै । भारतमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ५० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण ४९ हजार ९८० को ज्यान गइसकेको छ ।  कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ६३ हजार ४९० संक्रमित थपिएका छन् । सोही […]

भारतमा २९ हजार जना कोरोना संक्रमित, मृतकको सं‌ख्या ९३४ पुग्यो

काठमाडौं, १६ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ । अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या […]

कोरोना संक्रमण देखिएकाहरु घरबाहिर निस्किए पाँच वर्ष जेल

रोम, १२ चैत । युरोपको कोरोना इपिसेन्टरको रुपमा रहेको इटालीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नयाँ नियम र उल्लंघन गर्नेलाई सजायको प्रावधान गरिएको छ । इटालीमा कोरोना संक्रमणको दर निकै तीव्र रुपले वृद्धि भइरहेको छ ।  कोरोना संक्रमण देखिएका र क्‍वारेन्टाइनको नियम उल्लंघन गरेमा जेल सजाय गरिने बताइएको छ । इटाली सरकारले मंगलबार राति यस्ता […]

कोरोना प्रकोप : इटालीमा मृतकको संख्या २५ सय नाघ्यो, अमेरिकाका ५० वटै राज्यमा संक्रमण

एजेन्सी, वासिङ्टन, ५ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने फैलिइरहेको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ ।  अमेरिकाको सान डिएगोस्ठित एक औषधि कम्पनीको प्रयोशालामा कोभिड-१९ विरुद्धको भ्याक्सिन परीक्षण गर्दै तस्बिर : रोयटर्स बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट […]

दिल्ली हिंसामा मर्नेको संख्या १८ पुग्यो

नयाँ दिल्ली, १४ फागुन । नागरिकता संशोधन कानुन (सीएए) को विषयलाई लिएर उत्तर–पूर्वी दिल्लीमा जारी हिंसामा परी मर्नेको संख्या १८ पुगेको छ । नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूह बीच आइतबारबाट भड्किएको हिंसामा परी बुधबार बिहानसम्म मर्नेको संख्या १८ पुगेको हो ।  समाचार संस्था एएनआईले गुरु तेगबहादुर अस्पतालका एमडी सुनिलकुमार गौतमलाई उद्धृत गर्दै […]

टर्कीको जवाफी कारबाहीमा कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु: एर्दोगान

एजेन्सी । टर्कीको सीमा क्षेत्र नजिक रहेको सिरियाली भूमिमा त्यहाँको सेनाविरूद्ध सोमबार गरेको जवाफी आक्रमणमा परी कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु भएको टर्कीका अधिकारीले बताएका छन् ।  सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तका सैनिकहरूलाई टर्कीबाट प्रतिआक्रमण भएको अधिकारीहरुले जनाएका छन् । सोमबार टर्कीका राष्ट्रपति तैयप एर्दोगानले इद्लिबमा रहेका आफ्ना जनता र दाजुभाई दिदीबहिनीको जीवन रक्षाका […]

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ जनाको मृत्यु

एजेन्सी, १४ माघ । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् । ‘लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर (परफ्युम) कारखानामा विष्फोट भएको छ,’ पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गरी लेखेको छ ।  डनले घटनामा ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ […]

शिविरमा आक्रमण हुँदा मालीमा कम्तीमा १५ सुरक्षाकर्मीको मृत्यु

उत्तरपश्चिम अफ्रिकाको मालीमा आइतबार अर्धसैनिक सुरक्षा बलको एक शिविरमा आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको यहाँको सैन्य तथा प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।’मालीको मध्यक्षेत्रमा रहेको सोकोलो सुरक्षा शिविरमा जिहादी विद्रोहीले गरेको आक्रमण परी कम्तीमा १५ अर्धसैनिकको मृत्यु भएको छ,’ मालीको सैनिक स्रोतले एएफपीलाई बतायो । आक्रमणबाट मृत्यु हुनेमा अर्धसैनिक प्रहरी अधिकारी रहेका र शिविर बाहिर […]

अमेरिकी सेना फिर्ताको माग गर्दै हजारौं इराकी सडकमा

इराक, १० माघ । अमेरिकी सेना फिर्ता जानुपर्ने माग गर्दै हजारौं मानिस शुक्रबार राजधानी बगदादमा विरोध र्‍यालीमा उत्रिएका छन् । शक्तिशाली सिया धर्मगुरु मुक्ताडा अल-सरदारको आह्वानमा उक्त र्‍याली निकालिएको हो । उनले यसलाई ‘मिलियन म्यान मार्च’ नाम दिएका थिए ।  इराकमा परिवारका वृद्धदेखि बच्चासम्म उपस्थित र्‍यालीमा इराकी झण्डासहित ‘नो, नो टु अमेरिका’ र ‘नो, नो […]