भारतमा २९ हजार जना कोरोना संक्रमित, मृतकको सं‌ख्या ९३४ पुग्यो

काठमाडौं, १६ वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या नौ सय ३४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भएको हो । साथै संक्रमितको संख्या पनि २९ हजार चार सय ३५ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या पनि एक हजार ६ सयभन्दा धेरै बढेको हो । भारतको महाराष्ट्र कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म महाराष्ट्रमा तीन सय ६९ जनाको मृत्यु भइसकेको छ भने आठ हजार पाँच सय ९० जना संक्रमित छन् । त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ६२ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय १० जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार नौ सय ५५ जनामा यो भाइरसको संक्रमण देखिँदा ३१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा तीन सय ४५ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ६ हजार आठ सय ६९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Related articles

कछुवाको गतिमा फोरलेन सडक : म्याद सकियो काम सकिएन

परासी, १९ चैत । सदरमुकाम विकास कार्यक्रम अन्तर्गत निर्माण भैरहेको फोरलेन बाटोको म्यास सकिएपनि काम सकिएको छैन । पश्चिमी नवलपरासीको सदरमुकाम परासी बजारको बुद्धचोकदेखि निलो गेटसम्मको फोरलेन बाटो निर्माण कार्य कछुवाको गतिमा रहेकाले पहिलो चरणको म्याद सकिएपनि ५० प्रतिशत पनि काम सकिएको छैन । अहिले बाटोको दुबै साईडको नाला निर्माणको कार्य पनि सकिएको छैन बाटो […]

नेपालमा देखियो कोरोना भाइरस,शंकास्पद बिरामी निगरानीमा

काठमाडौं, १० माघ । चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी एक नेपालीमा पनि कोरोना भाइरस फेला परेको जानकारी दिएको हो । चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका एक विद्यार्थीमा यो भाइरस देखिएको हो । उनको उपचारसमेत भइसकेको छ। बिहीबार उनको रिपोर्ट सार्वजिन भएको मन्त्रालयले जनाएको छ ।  उनी […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *