कृषि विधेयकविरुद्ध भारतमा चक्काजाम

एजेन्सी, ९ असाेज । भारतको संसदको दुबै सदनबाट पारित कृषि विधेयकविरुद्ध शुक्रबार किसान संगठनले भारतभरी चक्काजामको आह्वान गरेका छन् ।

सरकारले यी विधेयकलाई किसानको हितैषी बताउँदै यसले किसानको आय बढ्ने र बजार उनको उत्पादनका लागि खुल्ने जानकारी दिएको छ ।

 यस्तै किसान संगठनले यो विधेयक कृषि क्षेत्रलाई व्यापारीको हातमा सुम्पिने कोसिसको हिस्सा भएको बताएको छ ।

यी विधेयकविरुद्ध सबैभन्दा व्यापक प्रदर्शन पंजाब र हरियाणामा भइरहेको छ ।

पंजाबमा त बिहिबार नै रेल रोक भन्ने अभियान चलाइएको छ ।

 किसान संगठनका अनुसार शुक्रबार पूरा देशभरी यी विधेयकविरुद्ध प्रदर्शन हुनेछ ।

 भारतीय किसान युनियन (बिकेयू) ले उत्तर प्रदेशमा शुक्रबार चक्का जाम गर्ने तयारी गरिरहेको छ ।

 बिकेयूसँग सम्बन्धित किसान नेता धर्मेन्द्र सिंहले पश्चिमी उत्तर प्रदेशका सबै जिल्लामा शुक्रबार बिहान १० बजेदेखि बेलुका चार बजेसम्म चक्का जाम गरिने जानकारी दिए ।

यस्तै किसान संगठनका संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले शुक्रबार देशभरी पूर्ण बन्द आह्वान गरेको छ ।

 यो समितिमा भारतका १२ किसान संगठन समावेश छन् र यी कुनै राजनीतिक दलसँग सम्बन्धित छैनन् । यूपी, मध्य प्रदेश, कर्नाटक, तमिनाडु, पंजाब र हरियाणामा यी संगठनको व्यापक उपस्थिती छ ।

Related articles

दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा, तीन महिनामै साढे तीन खर्ब पुग्यो

काठमाडौं, ८ कार्तिक ।  वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ । चालू आर्थिक बर्षको (२०७५/०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापारघाटा बेहोर्नु परेको छ । जबकी यस्तो ब्यापार घाटा गत वर्षको यसै अवधिमा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो  । चालु आर्थिक […]

एसईई परीक्षा नरोकिने:शिक्षामन्त्री पोखरेल

काठमाडौं, ४ चैत । सरकारले पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार […]