प्रमुख समाचार

पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन पुर्व प्रधानमन्त्री प्रचण्डद्धारा उद्दघाटन

महेश यादव– परासी, २३ असोज । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनको उद्दघाटन गरेका छन् । गाउँपालिले, गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा आयोजना गरेको भवन उद्दघाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेता प्रचण्डले शिलालेख अनावरण गरि भवनको उद्दघाटन गरेका हुन् ।भवन उद्दघाटन कार्यक्रमलाई […]

सुस्ताबासीले ९ बुँदे माग राख्दै मुख्यमन्त्री केसीलाई बुझाए ज्ञापन पत्र

परासी, २० असोज । सुस्ताबासीहरुले सिमामा जंगे पिलर राख्न माग सहित लुम्बिी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ज्ञापन पत्र बुझाएका छन् । बर्षाैंदेखि विभिन्न समस्या झेल्दै आएका सुस्ताबासीहरु विभिन्न ९ बुँदे माग राख्दै मुख्यमन्त्री केसीलाई ज्ञापन पत्र बुझाएका हुन् । संविधान सभा सदस्य देवकरण कलवारको नेतृत्वमा सुस्ता बचाउ अभियानका पदाधिकारी तथा सदस्यहरु मुख्यमन्त्री केसीलाई भेटेर […]

सरावलको हसनी माईथान स्थल प्राचिन कुण्डिय नगर भएको घोषणा

परासी,१४ असोज। जितिया पर्वको अवसर पारेर जिल्लाको सरावल गाउपालिका १ भगडा स्थित हसनी माई थान स्थललाई प्राचिन बौद्धकालिन कुण्डिय नगर भएको भनि घोषणा गरिएको छ । हसनी माता थान ब्यवस्थापन समितिको आयोजनामा जितिया पर्व मनाउदै बौद्धकालिन कुण्डिय नगर घोषणा गरिएको हो । कुण्डिय वा कुण्डि प्राचिन कोलिय गणराज्यका विभिन्न १२ वटा नगर मध्ये एक प्रमुख […]

भारतीय केरा रोक्न किसानले प्रदेश कृषि मन्त्रीलाई बुझाए ज्ञापन पत्र : नरोकिए आन्दोलनमा उत्रिने चेतावनी

परासी, १३ असोज । नेपाली बजारमा भारतीय केरा रोक्न नवलपरासी केरा उत्पादन संघले प्रदेश मन्त्रीको ध्यानाकर्षण गराएको छ । सस्तोमा पाईने भारतीय केरा नेपाली बजारमा छयाप्छयाप्ती पाउन थालेपछि उक्त आयातलाई रोक्न केरा उत्पादक संघका अध्यक्ष लख्खुयादवले लुम्बिीनी प्रदेशका कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र […]

नवलपरासीमा छिटै यातायात सेवा कार्यालय स्थापना गरिने : प्रदेश मन्त्री पुर्मती ढेंगा

परासी, १२ असाेज । लुम्बिी प्रदेशको श्रमरोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले यातायात क्षेत्रमा देखिएका समस्याहरुको सामाधान गर्ने बताउनु भएकाे छ । नवलपरासीमा आयोजित एक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढेंगाले लाईसेन्स वितरण प्रकृयालाई अझै छिटो र सहज बनाउदै यसको सेवा अन्य जिल्लाहरुमा पनि विस्तार गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिनु भएकाे हाे। उहाँले […]

रामग्रामले बनायाे ५ वटा नमुना गाउँ

परासी, ७ असोज । रामग्राम नगरपालिकाले पुर्वाधार विकासमा ५ वटा गाउँलाई नमुना गाउँ बनाएको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले नगरको ५ वटा गाउँमा भौतिक पुर्वधार विकास गरि गाउँलाई सुन्दरीकरण गरेको छ । पालिकाले वडा ७ को उजैनी, वडा ९ को जोकवार–ललितपुर, वडा १० को लंकहवाँ, वडा ११ को रानीपाकड र वडा १२ को कुनवार […]

नेपाल–भारत महिला मैत्री समाजद्धारा विपद व्यवस्थापन समितिलाई राहत सामाग्री हस्तान्त्रण

परासी, २ असोज । नेपाल भारत महिला मैत्री समाज काठमाण्डौले जिल्ला विपद व्यवस्थापन समिति नवलपरासीलाई राहत सामाग्री हस्तान्त्रण गरेको छ । जिल्लामा बाढीबाट प्रभावित भई घरविहिन घरपरिवारलाई अस्थायी बसोबासका लागि संस्थाले विपद व्यवस्थापन समितिलाई उक्त राहत सामाग्रीहरु हस्तान्त्रण गरेको हो । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा कार्यक्रमको […]

सुनवलकाे तुरीयामा बेलब्रिज पुल तयार : यातायात आवागमन सुचारु

परासी, ३० भदौ । पुल भासिएर गत भदौ ११ गतेबाट अबरुद्ध रहेको बुटवल नारायण सडक खण्ड अन्तर्गत पश्चिम नवलपरासीको सुनवल स्थित तुरिया खोला पुलमा बेलीबृज तयार गरी गरी आजबाट सवारी आवागन सुचारु भएको छ  । बाढीका कारण पुल भासिदा गत भदौ ११ गतेबाट उक्त पुलबाट यातायात आवागमन अबरुद्ध रहदै आएको थियो । सडक डिभिजन कार्यालय […]

थुम्सीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २४ जना घाइते

कावासाेती, २९ भदाै । पूर्व पश्चिम राजमार्ग अन्र्तगत गैडाकोट नगरपालिका १० स्मृतिपुल नजिक थुम्सिमा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्य नवलपुरका अनुसार कॉकडभिट्टाबाट महेन्द्रनगर जादै गरेको सु.प्र–०२–००१ ख ११२३ नंको बस र विपरित दिशाबाट आउदै गरेको ना ६ ख ७१२६ नंको ट्रक एक आपसमा ठक्कर खादा बस सडकबाट १० […]

मुख्यमन्त्री कुलप्रसाद केसीद्धारा नवलपरासीको बाढी प्रभावित क्षेत्र अवालोकन

परासी, १३ भदौ । लुम्बिनि प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले नवलपरासीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । पश्चिम नवलपरासीमा बाढीले कहाँ के कति क्षति पु¥याएको र बाढीबाट प्रभावित घरपरिवार एवं क्षेत्रहरुको स्थलगत रुपमा अवलोकन गरेका हुन् ।मुख्यमन्त्री केसीले, बाढीबाट डुबानमा परेको जिल्लाको सदरमुकाम परासी बजारको अवलोकन गरेका छन् भने बाढीले प्रभावित पाल्हीनन्दन गाउँपालिका वडा […]