अफगानिस्तानमा रक्षामन्त्रीकै आवासमा आक्रमण

एजेन्सी, २० साउन । अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा आक्रमण भएको छ। राजधानी काबुलमा रहेको उनको आवासको पाहुना घरमा मंगलबार राति स्थानीय समयअनुसार ८ बजेतिर बम बिस्फोट टोलो न्युज एजेन्सीले जनाएको छ।

रक्षा मन्त्रालयका प्रवक्ताले मन्त्री मोहम्मादी बिस्फोट हुँदा घरमा नरहेकाले सुरक्षित रहेको बताएका छन्। उनको परिवारका अरू सदस्य पनि सुरक्षित छन्।

बिस्फोटको केहीबेरमा घटनास्थल पुगेका सुरक्षाकर्मीले चार जना आक्रमणकारीलाई मारेको समाचारमा जनाइएको छ। काबुलको शिरपुर क्षेत्रमा उच्च सरकारी अधिकारीहरूका आवास बनाइएको छ।

यसैबीच मंगलबार दिउँसो काबुलमा भएको अर्को बिस्फोटमा परी चार जना सर्वसाधारणको मृत्यु भएको छ। मंगलबार दिउँसो तीन बजेतिर सार-ए-चौक क्षेत्रमा बिस्फोट भएको थियो।

Related articles

प्रहरीद्वारा ३ लाख २२ हजारको मटर,अौषधी र खसी बरामद

🔹संजय कुशवाहा- परासी, १८ साउन । पश्चिम नवलपरासीको बिभिन्न ठाउँबाट ३ लाख २२ हजार मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बिहान सरावल गाउँपालिका वडा नं. ७ बलन्दपुरमा नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको ५० हजार मुल्य बराबरको ११ बोरा (५ क्युन्टल ) मटर (केराउ) प्रहरी चौकी महेशपुर र भुजहवा प्रहरी चौकी नियन्त्रणमा […]

नवलपरासीमा २०७ जनाको स्वाब संकलन

परासी, १९ बैशाख।  पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहबाट २ सय ७ जनाको स्वाब नमुना संकलन गरिएको छ । जिल्लाको ७ वटै स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्नका लागि स्वास्थ्य कार्यालयले २०७ जनाको स्वाब संकलन गरेको होे ।  प्रदेश ५ सरकार मार्फत जिल्लामा प्राप्त २ भिटिएमबाट प्रत्येक पालिकामा २५ जनाको दरले पिसिआर […]