मोदीद्वारा तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी

0
130

नयाँ दिल्ली, २७ जेठ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले नरेन्द्र मोदीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।  नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक देशको प्रधानमन्त्री निर्वाचित भएका थिए । २०१९ मा नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बने । अहिले २०२४ मा नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न देशका राष्ट्र प्रमुखहरू उपस्थित थिए ।

445979240_481674591106413_2271405479958540274_n

नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, यसपटक भाजपाले आफ्नै बलमा बहुमत ल्याउन सकेन । मोदीले शपथ लिएपछि राजनाथ सिंहले क्याबिनेट मन्त्रीको शपथ लिएका थिए । राजनाथ सिंह अघिल्लो सरकारमा रक्षामन्त्री थिए। सन् २०१४ मा भाजपा सरकार बनेपछि राजनाथ सिंह गृहमन्त्री बने। राजनाथ सिंह लखनउबाट सांसद निर्वाचित भएका छन् ।  अमित अनिलचन्द्र शाहले तेस्रो क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । अघिल्लो सरकारमा अमित शाह केन्द्रीय गृहमन्त्री थिए। अमित शाह गुजरातको गान्धीनगर सिटबाट दोस्रो पटक सांसद निर्वाचित भएका छन् ।  नितिन गडकरीले चौथो नम्बरमा शपथ लिएका छन् । उनले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । नितिन गडकरी महाराष्ट्रको नागपुरबाट सांसद निर्वाचित भएका छन् ।  

भाजपा अध्यक्ष जेपी नड्डाले पनि क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। जेपी नड्डा हाल राज्यसभा सांसद र पार्टीका राष्ट्रिय अध्यक्ष छन्। मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । शिवराज सिंह मध्य प्रदेशको विदिशा लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन् ।  निर्मला सीतारमणले पनि क्याबिनेट मन्त्रीको शपथ लिएकी छिन् । निर्मला सीतारमण अघिल्लो सरकारमा वित्तमन्त्री थिइन्। 

हरियाणाका पूर्व मुख्यमन्त्री मनोहर लालले पनि क्याबिनेट मन्त्रीको शपथ लिएका छन् । मनोहर लाल पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन् । खट्टरले मार्चमा हरियाणाको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। मनोहर लाल हरियाणाको कर्नाल लोकसभा सीटबाट सांसद निर्वाचित भएका छन्। 

 जेडीएसका एसडी कुमारस्वामीले क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। कुमारस्वामी कर्नाटकका पूर्व मुख्यमन्त्री भइसकेका छन् । १८ औं लोकसभा चुनावमा कुमारस्वामी कर्नाटकको मण्ड्या सीटबाट विजयी भएका छन्। कुमारस्वामी पूर्व भारतीय प्रधानमन्त्री एचडी दैवा गौडाका छोरा हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here