नवलपरासीमा प्रहरीद्धारा ७८ लाखको ५९५ थान मोबाईल बरामद

परासी, २२ साउन । नवलपुर प्रहरीले गएराती ७८ लाख मुल्य बराबरको विभिन्न ब्राण्डका मोबाईलहरु बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासले, गएराती भन्सार छलेर ७८ लाख मुल्य बराबरको ५९५ थान ठुला मोबाईलहरु ल्याउदै गरेको अवस्थामा मोबाईल बरामद गर्दै ओसारपासर कर्ता दुई जनालाई पनि पक्राउ गरेको हो ।

गएराती ११ बजेको समयमा प्रहरीले जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका वडा १ स्थित राजमार्गमा प्रदेश ३– ०१– ०२३– च –५५४४ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारमा लुकाई राखिएको ५९५ थान मोबाईलहरु बरामद गरेपछि प्रहरीले कार सहित मोबाईल ओसार्ने दुई जनालाई पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

भन्सार छलेर नारायणघाट जस्ता ठुला बजारमा पु¥याउन लगिएको बरामद मोबाईलहरु विभिन्न ब्राण्डका रहेको र बजार मुल्य ७८ लाख पर्ने प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनु भयो । डिएसपी गिरीका अनुसार अवैध मोबाईल र कार सहित पक्राउ पर्ने व्यक्ति चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं ८ बस्ने अर्जुन ढकाल र भरतपुर २१ बस्ने ईन्द्रलाल श्रेष्ठलाई रहेको जानकारी दिनु भयो ।
बरामद मोबाईल, कार र व्यक्तिहरुलाई आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय नवलपरासीको नाकाबाट भन्सार छली अवैध रुपमा मालसमानको ओासरसार बढन थालेपनि नवलपुर प्रहरीले चेकजाँचमा कडाई पारेको छ ।

Related articles

२० अर्बको गिट्टीबालुवा खानीमा तस्करको मनोमानी

परासी, २४ असोज । चुरे क्षेत्रका खोलानालामा निकासी नखुलेपछि गिट्टीबालुवा तस्करको आँखा २० अर्बको खानीमा धसेको छ । अड्डा जमाएर खानीमा बसेको तस्करहरु प्रहरीको मिलोमतोमा दिनहुँ लाखांैको गिट्टीबालुवा चोरी तस्करी गरेको पाइएको छ । जिल्लाको कुनै खोलानालामा निकासीको ठेक्का नलागेकाले जिल्ला भरिका गिट्टीबालुवा तस्करहरु गिट्टी बालुवा चोर्न सो खानीमा भिडेका छन् । जिल्लाको गण्डक कमाण्ड […]

सुनवलको ज्यामिरेमा अस्थायी प्रहरी पोष्ट स्थापना

🔹गौरीशंकर जयसवाल-परासी २९ श्रवाण । पश्चिम नवलपरासीको सुनवलमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ब.सुपले सुनवल नगरपालिकाको वडानं ७ ज्यामिरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।स्थानियबासीहरुको पटक–पटक प्रहरी चौकीको माग गरेपछि प्रमुख जिल्ला अधिकारी सागरमाणि पाठकको अध्यक्षतामा बसेको सुरक्षा समितिको निर्णय र प्रहरी प्रधान कार्यालय प्रदेश प्रहरी कार्यालयअदेशा अनुसार […]