रमजान महिनाको मह्तव र यसको ब्रत

रमजान मुस्लिम समुदायको एक महत्वपुर्ण र महान पर्व हो । यो पर्व एक महिनाको बर्त बसेर मनाईने गरिन्छ । रमजानको शुरुवात आरबी क्लेण्डर अनुसार २ हिजरीबाट भएको हो । रमजान अरबी महिनाको ९ नांै महिनाको नाम हो जुन महिनाभरि मुस्लिम समुदाय बर्त (रोजा) बसेर रमजान पर्व मनाउने गर्दछन् । रमजान महिनाको वर्त (रोजा) ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले स्थापना गर्नु भएको हो ।

पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले मेराज गर्ने सिल्सिलामा उहाँको जब अल्लाह तआला संग भेटघाट भएको थियो त्यतिबेला अल्लाहले पैगम्बर मोहम्मदलाई उनका उम्मत (फलोअर्स) लाई रमजानको एक महिने वर्त अनिवार्य तोकी तोहफाको रुपमा दिएको थियो ।
रमजान वर्षको एक पटक आउँछ सजलाई मुस्लिम समुदाय हर्साेउल्लासका साथ मनाउ छन् ।

रमजानकाे ब्रत:–रमजानको बर्त बालिग सबै मुस्लिम पुरुष महिलाले बस्न अनिवार्य गरिएको छ । ईस्लाम धर्मका अनुसार जब कुनै केटा १३ वर्ष पुरा गर्द छ भने उसलाई रमजानको वर्त बस्न पर्छ । त्यस्तै केटी ९ वर्ष पुरा भएपछि । ईस्लाम धर्म नजिक केटा १३ र केटी ९ वर्षमा बालिग भएको मानिन्छ त्यसकारण उनीहरु बर्त बस्न अनिवार्य हुन्छ जसबाट उनीहरुलाई सिकाई हुने र आत्मबल बढने विश्वास गरिन्छ ।

के गरि बस्छन ब्रत
रमजान शुरु भएपछि मुस्लिम समुदाय विहान ४ बजेर १० मिनट भित्र सेहरी (खाना) खाएर दिनभरि केहि नखाईकन बर्त बस्दछन् । यतासुर्य अस्ताएपछि साँझ ६ बजेर ४५ मिनटमा राम्रो राम्रो खानाका परिकारले ईप्mतार (रोजा खोल्ने) गर्दछन् । बर्त बस्दा दिनभरि केहि खानेकुरा खानु हुदैन भने पिउने पानी पनि पाउन नपाईने धार्मिक मान्यता छ । मुस्लिमहरु रमजान महिना भरि दिनको पाँच पटक नमाज पढने, साँझ तरावीहको नमाज पढने र आफनो धर्म ग्रन्थ कुरान मजिद पढने समेतका पुन्यकाममा व्यस्त रहन्छ ।

रमजानको महिना भरि मुस्लिम समुदाय दिनभरि बर्त बस्ने, नमाज पढने, कुरान मजिद पढने, दानपुन गर्ने, सदका खैरात गर्ने, गरिब दुखियालाई विभिन्न सहयोग गर्ने कार्य पनि गरिन्छ भने यस महिनामा झैझगडा, झुटो बोल्ने, चोरी डकैती गर्ने, दिनभरि खानपिन गर्ने, बर्तको समयमा महिला संग शारिरीक सम्बन्ध राख्ने र गलत जस्ता कामहरु नगर्ने धार्मिक मुल्यमान्ता छ । यस महिनाको एक बर्त जानीजानी छोड्ने व्यक्तिले यसको पुर्ती गर्न ६० वटा वर्त बस्न पर्छ । यस महिनामा सेवई खास परिकारको रुपमा लिईन्छ । रमजान महिना लागेपछि मुस्लिमहरु साँझ ईप्mतारी गर्दा सेवई पकाएर खाने गर्दछन् । ईफतारी घरपरिवारले सामुहिक रुपमा गर्छन । त्यस्तै ईफतारिको समयमा साथीभाईहरुलाई बोलाई ईफतारि गराउने गर्दछन ।

यस महिनाको महत्व के?
रमजान अरबीको १२ वटै महिना मध्ये सबैभन्दा महत्वपुर्ण र उत्कृष्ट महिना हो । यस महिनामा एक राम्रो काम गर्दा ७० गुना सवाब (पुण्य) पाईन्छ । यस महिनामा गर्ने दानपुनले पनि एक दानको बदलामा ७० नेकी पाईने मुस्लिम समुदायको विश्वास रही आएको छ । यस महिनामा मृत्यु हुने मोमिन मुस्लिम व्यक्ति सिधै स्वर्गमा पुग्ने ईस्लामि मुल्यमान्यता छ । यस महिनाको बर्त बस्ने व्यक्ति अधिकांश पापले मुक्त हुन्छ । यस महिनामा सबैले फितरा दिनु पर्छ । फितरा नदिएको व्यक्तिको बर्त कुबुल नहुने धर्मावलम्बीहरु बताउँछन् ।

यस एक महिनाको वर्त पश्चात ईद (ईदुल फित्र) मनाईन्छ । ईद रमजान सकेको भोली पल्ट गाउँभरिकै मुस्लिमहरु एकजुट भई विहान नमाज पढने र मुबारक बाद दिएर मनाउने चलन छ । ईदका दिन मुस्लिमहरु आफ्ना नातेदार, ईष्टमित्रहरुलाई आफनो घर बोलाई सेवई खुवाउने र ईदको शुभकामना आदान प्रदान गर्ने गर्दछन् । मुस्लिम समुदाय यस रमजानको महिनालाई एक खुशीको अवसरका रुपमा लिने गरेका छन् ।

Related articles

स्टिलको मूल्य बढेपछि वाणिज्य विभागले सोध्यो स्पष्टीकरण

काठमाडौं, २० माघ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलाम तथा स्टिलको मूल्य बृद्धिको कारण मागेको छ । विभागले नेपाल फलामे डण्डी उत्पादक संघलाई पत्र लेख्दै बजारमा फलाम तथा स्टिलको मूल्य के कारणले बढेको हो कारणसहित जवाफ पठाउन भनेको हो । अहिले बजारमा डन्डीको भाउ प्रतिकेजी ८ रुपैंयासम्म बढेको छ भने सिमेन्टको समेत भाऊ ५० […]

यमनको सैन्य क्याम्पमा आक्रमण हुँदा ३८ जनाको मृत्यु

एजेन्सी, ५ माघ – बेरुत । यमनको सैन्य तालिम क्याम्पमा आक्रमण हुँदा ३८ सैनिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । सुरक्षा श्रोतका अनुसार शनिबार यमनको सैन्य क्याम्पमा तीनवटा मिसाइल प्रहार गरिएको थियो । मृत्यु हुनेको संख्या अझै बढ्‍नसक्ने सुरक्षा स्रोतले जनाएको छ । उक्त आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *