कोरोना संक्रमण देखिएकाहरु घरबाहिर निस्किए पाँच वर्ष जेल

रोम, १२ चैत । युरोपको कोरोना इपिसेन्टरको रुपमा रहेको इटालीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नयाँ नियम र उल्लंघन गर्नेलाई सजायको प्रावधान गरिएको छ । इटालीमा कोरोना संक्रमणको दर निकै तीव्र रुपले वृद्धि भइरहेको छ । 

कोरोना संक्रमण देखिएका र क्‍वारेन्टाइनको नियम उल्लंघन गरेमा जेल सजाय गरिने बताइएको छ । इटाली सरकारले मंगलबार राति यस्ता नयाँ नियम लागु गरेको हो । 

जसमा : 
– कोरोना भाइरस देखिएका व्यक्ति घरबाहिर निस्किए एकदेखि पाँच वर्षसम्मको जेल सजाय तोकिएको छ ।
– क्‍वारेन्टाइनको नियम उल्लंघन गरे ४३० अमेरिकी डलरदेखि तीन हजार २४५ अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।
– भाइरसको संक्रमण फैलिन नियन्त्रण गर्न बनाइएको नियम उल्लंघन गरेर व्यवसाय सञ्‍चान गरेमा पाँचदेखि ३० दिनसम्म बन्द गर्न सकिन्छ । 
– यो नियम जुलाई ३१ सम्म हरेक महिना परिवर्तन गर्न सकिने, थप कडा नियम ल्याउन सकिनेछ ।

इटालीमा हालसम्म ७ हजार कोरोना संक्रमितको मृत्यु भएको छ भने करिब ७० हजार कोरोना संक्रमित देखिएका छन् । – सीएनएन

Related articles

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार, २० मारिए, २६ घाइते

काठमाडौं,१९ साउन । अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । २६ जना घाइते छन् । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । बीबीसीका अनुसार, यो अमेरिका र मेक्सिकोको सीमा नजिकैको क्षेत्र हो ।आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान भएको छैन । यद्यपि, मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज […]

ठुठीबारीके दुकानाे मे एसडीएम का छापा : दुकान व गोदाम में 70 फिसदी दवाइयाँ  एक्सपायर

ठूठीबारी, ७ पुष (भारत)। भारत नेपाल की सीमा पर स्थित ठूठीबारी कस्बा के थोक व फुटकर कृषि संबंधी दवा व्यवसायी पवन शक्ति बीज भंडार व पवन शक्ति मेडिकल स्टोर्स पर जिलाधिकारी महराजगंज अमर नाथ उपाध्याय के निर्देश पर शनिवार को एसडीएम निचलौल देवेंद्र कुमार मय टीम छापेमारी करते हुए संबंधित दूकानो व गोदाम निरीक्षण किया […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *