आज लकडाउनकाे दाेश्राे दिन : नवलपरासी पनि सुनसान

0
629

परासी, १२ चैत। कोरोनभाइरस (कोभिड–१९) को महामारीको सन्त्रासका बीच नवलपरासीमा लकडाउनकाे प्रभाव राम्राे देखिएकाे छ । हिजाेकाे तुल्नामा सर्वसाधाराणहरू अाज बाहिर निस्केकाे खासै पाइएकाे छ । अाज लकडाउनकाे दाेश्राे दिन अत्यावस्यक सेवा अस्पताल, अाैषधी पसल, खाद्यान पसल, फलफुल तरकाली, ग्यास, पेटराेलिय पसल बाहेक अरू सबै बन्द छन्र ।

लकडाउनलाइ प्रभावकारी बनाउन चाेकचाेकमा बाक्लाे रूपमा प्रहरी परिचालन गरिएकाे छ । बिना जरूरत घरबाहिर निस्कनेलाइ प्रहरीले घरमै बस्न सुझाव सहित फर्काउने गरेका छन्र । सडकहरु झनै सुनसान देखिएका छन् । लकडाउनले जिल्लाकाे राजमार्ग र भित्री सडक र सिमा क्षेत्र तथा बजारहरू सुनसान बनेका छन्र । विश्वभरि फैलिरहेकाे क्राेना भाइरसकाे संक्रमणलाइ फैलिन नदिन सबैलाइ घरमा बसेर सरकारलाइ सघाउन प्रशासनले अाग्रह गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here