सुनवल क्वारेन्टाईनलाई औषधी तथा उपकरण हस्तान्त्रण : भारतबाट आएका ३ जनालाई क्वारेन्टाईनमा राखियो

0
715

परासी, १२ चैत । नवलपरासीको सुनवलन नगरपालिका ११ जर्गहामा निर्माण गरिएको सय बेडको होम क्वारेन्टाईनलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको छ । सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीले उक्त क्वारेन्टाईनलाई नगरपालिकाद्धारा खरिद औषधी तथा उपकरणहरु क्वारेन्टाईनमा खटिने स्वास्थ्य प्राविधिक टिमलाई हस्तान्त्रण गरेका हुन् । उक्त क्वारेन्टाईन नगरपालिकाको आर्थिक सहयोग तथा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गहाको प्राविधिक सहयोगमा तयार गरिएको छ ।

क्वारेन्टाईनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाईनमा बस्ने व्यक्तिहरुको ज्वरो नाप्न थर्मल गन, १० सेट प्रशनल प्रोटेक्सन ईक्वीपमेन्ट, सेनिटाईजर, आवश्यक औषधी, मास्क लगायत स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरिएको नगरप्रमुख भरत थापाले जानकारी दिएका छन् । क्वारेन्टाईनलाई स्वास्थ्य सामाग्री हस्तान्त्रणका बेला नगरका अधिकांश वडा अध्यक्ष एवं सदस्य र कर्मचारीको पनि उपस्थिती रहेको थियो ।

क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको हेरचाह तथा प्राथमिक उपचार लागि प्रहरी युक्ति तालिम महाविद्यालयका चिकित्सक प्रहरी र नगरपालिकाबाट आवश्यक स्वास्थ्यकर्मीहरुको टोली खटाएको छ । उक्ता क्वारेन्टाईनमा खाना, खानेपानी, बिजुली, शौचालय, साबुनपानी, टावेल र बेडको व्यवस्था गरिएको नगरप्रमुख भरत थापाले जानकारी दिए । आजमात्र संचालनमा आएको उक्त क्वारेन्टाईनमा भारतबाट आएका तिनजना व्यक्तिलाई क्वारेन्टाईनमा राखिसकिएको नगरपालिकाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here