बर्दघाट नगरपालिकामा विद्यार्थी राहत कोष स्थापना

0
139

परासी, २२ साउन। नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यार्थी राहत कोष स्थापना गरेको छ। नगरपालिकाले सामुदायिक बिद्यालयमा हुने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी राहत कोष स्थापना गरेको छ ।आर्थीक बर्ष ८२र८३ को बजेटमै समावेश गरी रु १० लाखको राहत कोष स्थापना गरिएको छ । उक्त कोषबाट विद्यालय समयमा कुनै पनि विद्यार्थीलाई चोटपटक लागेमा सम्बन्धित विद्यालयको सिफारिसमा उपचार खर्च बापत अधिकतम रु एक लाख सम्मको सहयोग उपलब्ध गराईने नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनु भयो ।ूसामुदायिक बिद्यालय हरेक दृष्टिकोणले सुरक्षीत छन र यसले मुलतः बिपन्न अविभावकलाई राहत मिल्ने छ र विद्यालयप्रतिको बिश्वास समेत बढ्ने अपेक्षा छूनगर प्रमुख श्रेष्ठले भन्नू भयो ।

यस्तै नगरपालिकाले अपाङ्ग,अति विपन्न,जेष्ठ नागरिक र सूचिकृत किसानहरुलाई समेत नगर भित्र रहेका दुईवटा अस्पतालमा स्वास्थ परिक्षण निशुल्क गरेको छ ।उनिहरुलाई सम्पुर्ण ल्याब परिक्षण समेत निशुल्क गरिएको छ ।नगर भित्र रहेका चिसापानी अस्पताल र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता बाट लक्षित लाभग्राहीले यो सेवा लिन सक्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।

यसका लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले मोतियाबिन्दु भएका नागरिकहरुका लागि समेत निशुल्क शल्यक्रियाको ब्यवस्था मिलाएको छ ।परासीमा रहेको विनोद निता कंडेल आँखा अस्पतालमा शल्यक्रियाका लागि सम्बन्धित वडा बाट सिफारिस लगेमा शल्यक्रिया निशुल्क हुने छ ।यसका लागि नगरपालिकाले रु ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।जेष्ठ नागरिकहरू यो सेवाबाट बढी लाभान्वित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here