शैक्षिक क्षेत्रमा निजी विद्यालयको योगदान छ : सुनवल मेयर अर्याल

0
110

परासी,२२ साउन। जिल्लाको सुनवल नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले शैक्षिक क्षेत्रमा निजी विद्यालयहरुको योगदान सराहनिय रहेको बताएकी छिन् । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल(जिसन) नवलपरासीको २३ औं स्थापना दिवसका अवसरमा बिहीबार सुनवलको रिवर्न रिसोर्टमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
अन्तराष्ट्रिय बजारमा नेपाली विद्यार्थी पुगेर अँग्रेजी माध्यमबाट प्रतिस्पर्धा गर्न सक्ने र आफ्ना ज्ञान र सिपको प्रयोग गरि काम गर्न सक्ने अवस्थामा निजी विद्यालयको योगदान सराहनिय रहेको बताउदै अब निजी विद्यालयले सिपमुलक,दक्ष र कार्यमुलक शिक्षा योजना ल्याउनु पर्ने औल्याएकी थिईन् । अब अँग्रेजी भाषामा शिक्षा दिईने कार्य सामुदायिक विद्यालयहरुले समेत गर्न थालेका छन् । निजी विद्यालयहरुले अब अग्रेजी भाषाको शिक्षा देखाएर सञ्चालनमा चुनौती थपिदै गएका छन् । अब निजी विद्यालयले आफ्ना अस्तित्व जोगाउनलाई सामुदायिक विद्यालयको सोचाई भन्दा पृथक सोच राखेर स्वदेशमै रोजगारी सृजना हुने खालको सँस्कारयुतm शिक्षामा निजी विद्यालयहरुले सोच्नु पर्नेमा वतmाले जोड दिएका थिए । प्रविधिमैत्री शिक्षण सिकाईँसहितको गुणस्तरीय शिक्षाको प्रतिस्पर्धालाई जोड दिनुपर्नेमा नवलपरासीका शैक्षिक सरोकारवालाहरूले बताएका थिए ।
जिल्ला अध्यक्ष थमन शेरचनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रामग्राम शिक्षा शाखाका प्रमुख सुन्दर खनाल, सुनवल शिक्षा शाखाका प्रमुख पशुपति भट्टराई, जिसन नवलपरासीका वरिष्ठ सल्लाहकारद्धय इन्द्र गुरूङ, धनराज चापागाईँ, सल्लाहकार सन्तोष रौनियार, पुस्तक व्यवसायी संघका पूर्वकेन्द्रीय अध्यक्ष हरि अर्याल, बुटवलका पुस्तक व्यवसायी गोपाल बस्याल,लगायतले गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्न सरकारले नीति नियमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
सो शैक्षिक समुहमा आवद्ध विद्यालयहरूमध्ये एसईई परीक्षामा उत्कृट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो । जस्मा छात्रतर्फ सर्वाेत्कृष्ट ३.९६ जिपिए प्राप्त गर्ने सुनवल युनाईटेड स्कुलका वसन्त ढकाल सम्मानित भएका थिए । त्यसै गरि छात्रातर्फ सर्वाेत्कृष्ट ३.८७ जिपिए प्राप्त गर्ने सोमनाथ स्कुलका रश्मी ओेलीलाई सम्मान गरिएको थियो । जिसनमा ३४ विद्यालय आबद्ध रहेको जिल्ला सचिव बलिराम यादवले जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here