प्रहरीद्धारा दुई जर्सी गाई सहित १ लाख ७१ हजारकोे हरियो मटर बरामद

0
192

परासी,, १५ असोज । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट १ लाख ७१ हजार मुल्य बराबरको तस्करीका मालसमान बरामद गरेको छ । स्थानिय व्यपारीले भारतबाट अवैध रुपमा नेपाल भित्राई रहेको ८० हजार मुल्य बराबरको २ वटा जर्सी गाई प्रहरीले सरावल गाउँपालिका ४ ललितपुरबाट बरामद गरेको जनाएको छ ।

त्यसैगरि नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको १३ हजार ५ सय मुल्य बराबरको ७ बोरामा २२५ के.जी. हरियो मटर (केराउ) जिल्लाको सरावल गाँउपालिका वडा नं. ७ बर्गदवाबाट प्रहरी टोलीले बरामद गरेको छ । त्यस्तै पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ७८ हजार बराबरको २५ बोरामा ९७५ के.जी. हरियो मटर बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद मटर मानिसले साईकल तथा मोटरसाईकलमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखेपछि बोरा फालेर फरार भएका थिए । बरामद ति मालसमानहरु आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here