परासी, १७ असोज । पर्यटनको पहिचान गराउने उद्देश्यले रामग्राम स्तुपमा आईपुगको साईकल यात्रीहरुलाई रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्वागत गरेका छन् । सिद्धार्थ जेसीज भैरहवाँको आयोजनामा स्वास्थ्य तथा सम्पदा प्रवद्धर्नको उद्देश्यले विश्व साईकल यात्री पुष्कर शाहसंगै रामग्राम स्तुपामा पुगेका करिब सय जना साईकल यात्रीहरुलाई नगरपालिका नगर प्रमुख नरेन्द्र गुप्ताले स्वागत गर्दै चियापान समेत गराएका हुन् । रामग्राम स्तुप नवलरासीको जिल्लाको रामग्राम नगरपालिका ७ उजैनीमा अवस्थित छ जहाँ शान्तीका अग्रदुत गौतमबुद्धको अस्तिधातु रहेको छ ।

आज विहान ६ बजेको समयमा सिद्धार्थ जेसीजका अध्यक्ष मंगल भण्डारीको अध्यक्षतामा भैरवाँको बुद्धचोकबाट निक्लेको साईकल यात्री जिल्लाको रामग्राम स्तुप हुदै त्रिवेणीधाम सम्म पुगेका थिए । नवलपरासीको पर्यटनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पहिचानका लागि पर्यटकिय स्थलहरुको भ्रमण अवलोकन गराउन उक्त साईकिल यात्रा कार्यक्रम आयोजना गरिएको जेसीजका अध्यक्ष मंगल भण्डारीले बताए ।

स्तुपमा पुगेका साईकल यात्रीहरुमा रुपन्देहीका प्रतिनिधि सभा सदस्य प्रमोद यादव, विश्व साईकल यात्री पुष्कर शाह, जेसीजका पदाधिकारी एवं सदस्य सहित करिब सय जना युवाहरुको उपस्थिी रहेको थियो । स्तुपमा पुगेका साईकल यात्रीहरुलाई रामग्राम नगर प्रमुखले स्वागत गर्दै स्तुपलाई पर्यटनको रुपमा चिनाउन सिद्धार्थ जेसीजले चालेको कदम प्रशंनिय रहेको बताए ।
स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले, रामग्राम स्तुपलाई अन्तराष्ट्रिय जगतमा चिनाउन सरकारले लुम्बिनी जस्तै यसको विकासमा ध्यान पु¥याउन आवश्यक रहेको बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद यादव, विश्वसाईकल यात्री पुष्कर शाह लगायतले रामग्राम स्तुपको व्यापक प्रचारप्रसार र यसको विकासमा सरकारको ध्यान पुग्न आवश्यक रहेको बताए । साइकल यात्रामा जुटेका यात्रीहरुलाई सिद्धार्थ जेसीजले टिसर्ट समेतको व्यवस्थापन मिलाएको थियो ।