नवलपुर, १५ असाेज । पुर्वी नवलपरासीकाे बिनयी त्रिवेणी गाउपालिका २ स्थित बिनयी खोलाबाट अवैद्य रुपमाा नदीजन्य पदार्थ उत्खनन गर्ने १७ वटा टयाक्टरलाई प्रहरीले यिन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले दिनुभएको जानकारी अनुसार बुधबार राति खोलामा अवैद्य उत्खनन गर्दै गर्दा ईलाका प्रहरी कार्यालय दुम्किवासको टोलीले ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
ना .७ त ७७१ , लु. ४ त ३४१६ , लु . ४ त ५२५६ , लु. ४ त २२३८ , लु . ३ त ६३ , लु . ३ त ८५७६ , लु ४ त १८५५ , ना ६ त ९०५८ , ना. ६ त २५२५ , ल. ४ त २७२६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । यस्तै एउटा अनटेस्ट , ३ वटा नम्बर मेटिएको र ट्याक्टरको पछाडीको ट्रली ३ वटा नियन्त्रणमा लिएको उपरीक्षक खाँणले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारवाहीका लागि गाउपालिकामा बुझाईएको खाँणले बताउनुभएको छ ।
साभारः रेडियाे कावासाेतीकाे फेसबुक पेजबाट