सात बर्षमा पनि बन्न सकेन सुस्ताको झेलुङ्गे पुल

0
379

परासी, २२ चैत । सुस्ताको झोलुङ्गे पुल निर्माणमा ढिलाई हुँदा सुस्ताबासीहरु अझै पनि जोखिमपुर्ण डुङ्गा यात्रा गर्दै आएका छन् । नारायणी नदी (गण्डक नदी) ले घेरिएको सुस्ता भुमीबाट आफनै वडा एवं गाउँपालिका र त्रिवेणी बजार आउन जोखिमपुर्ण डुङ्गाा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ भने बर्षाको समयमा भारतीय यातनाका बिचपनि भारती बाटोनै प्रयोग गर्न बाध्यात्मक अवस्था सुस्ताबासीको रहेको छ ।

नारायणी नदी पारी भारतको विहारसंग जोडिएको सुस्ताभुमी जिल्लाको सुस्ता गाउँपालिका वडा ५ को एक गाउँ हो । उक्त गाउँलाई वडा कार्यालाय, गाउँपालिका कार्यालय र सदरमुकाम संग जोडने गरि सरकारले ७ वर्ष अगाडी २०७२ सालमा झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको चरम लापरवाहीले उक्त पुल निर्माण हुन सकेको छैन । वर्षाैंदेखि भारतीय यातना खेप्दै र जोखिम पुर्ण डुङ्गाबाट यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ गाउँ जोडन एसियाकै दोश्रो ठुलो झोलुङ्गे पुलको आयोजना दिएको थियो ।

त्रिसुली आश्रय जे.भी कन्सट्रक्शन कम्पनीले २०७४ सालमा (२९ महिनामा) सम्पन्न गर्ने गरि २७ करोड रुपैयामा उक्त ठेक्का लिएको छ । उक्त पुलको १ हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाई रहेको छ । उक्त झोलुङ्गे पुल निर्माणमा ठेकदार कम्पनीले ढिलाई गर्दै ७ बर्षसम्ममा पनि अझै पिलड ठडयाउने कार्यमै अल्झिएको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले जानकारी दिनु भयो ।

ठेकदारले पुलको जग बनाउन कुल २ सय २० वटा पाईल धाँसि पाईलिङ्गमा ४ वटा ठुलो अग्लो पिलर ठढयाईने छ भने १० वटा सानो पिलर ठडयाई झेलुङ्गे पुल बाँधिने कार्य हुनेछ । जसमा पाईलिङ्गको कार्य सम्पन्न भई १२ वटा पिलड मात्र डढयाइसकिएको निर्माण कम्पनीले जनाएको छ । २ बर्षमा सन्पन्न गर्नु पर्ने उक्त योजना ठेकेदारको चरम लापरवाही र आलटाल गर्ने कार्यले पुल सम्पन्न हुन नसकेको र हामी सुस्ताबासी अझै समस्या खेप्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता जयसवालले आरोप लगाउनु भयो ।

ठेकदार कम्पनीले कहिले लेबर अभाव त कहिले पानीको उच्च बहाव र सरसमान नपाएको बहाना देखाउदै काममा ढिलाई सुस्ती गर्दै आएको छ । समग्रमा पुलको करिब ५०प्रतिशत मात्र काम हुन सकेको छ ।

यता पुललाई छिटो छरितो सम्पन्न गराउन सुस्ता गाउँपालिकाले चाँसो देखाएको छ । पुलको काम छोडी एक बर्ष फरार रहेको ठेकदार कम्पनीलाई सुस्ता गाउँपालिकाले सम्बन्धित निकायबाट दबाब दिलाई पुनः पुलको निर्माण कार्यमा लगाएको छ । गाउँपालिकाले पुलको नियमित निरिक्षण र आईपर्ने समस्याहरुको सामाधान गर्दै पुल निर्माणको कार्य छिटै सम्पन्न गराउन ठेकदार कम्पनीलाई ताकेदा गर्दै आएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

सुस्ता पुग्न एकमात्र नेपाली बाटो जोखिमपुर्ण डुङ्गा यात्रा हो । सुस्ताभुमी पुग्न नदीमा करिब ढाई (२.५) किलोमिटरको दुरी डुङ्गाले यात्रा तय गर्नु पर्दछ । उक्त यात्रा अहिले मोटरबोट भएकाले सहज भएपनि जोखिमपुर्ण नै रहेको छ । नदी वारपार गर्न बाढीको समयमा १ घण्टा र सुख्खा समयमा आधा घण्टा बढि समय लाग्ने गर्दछ । वर्षाको बेला नदीमा उच्च बाढीका कारण नदीमा डुङ्गा चलाईदैन त्यसबेला भारतको बैकल्पिक विहार बाटो हुदै आवत जावत गर्ने सुस्ताबासीको बाध्यता रहन्छ ।

सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो । ३ सय घरधुरी रहेको सुस्तामा खासगरि विपन्न परिवारका समुदायहरुको बसोबास बढि छ । करिब ४० हजार ९ सय ८० हेक्टेयर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता भुमी बर्षौं देखिनै भारतीय पक्षद्धारा अतिक्रमण हुदै हाल १४ हजार ४ हेक्टेयर क्षेत्रफल अतिक्रमण भैसकेको छ र १९ हजार ५८० हेक्टर क्षेत्रफल भारतीय पक्षले विवादित भन्दै जोतभोगबाट रोक लगाएको छ । हाल सुस्ताबासीहरुको जोतभोगमा जम्मा ७ हजार हेक्टेयर क्षेत्रफल मात्र रहेको बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here