ईस्लाम धर्मकाे संरक्षण प्रवद्र्धनमा मुस्लिमहरु एकहुनु पर्नेमा जोड

0
343

परासी, १७ चैत । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा तेश्रो जश्ने रजाए महिला कान्फ्रेन्स सम्पन्न भएको छ । मदरसा ईस्लामिया आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तबरेज आलम खानको अध्यक्षता तथा लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्दिन खानको प्रमुख आतिथ्यतामा उक्त कान्फ्रेन्स बुधबार सम्पन्न भएको हो । मदरसा ईस्लामिया आधारभुत विद्यालयद्धारा मुस्लिम छात्राका लागि धार्मिक शिक्षा अध्यापन गराउन संचालित जामिया उम्मेहबिबा गुल्सने रजा निस्वाँ मदरसाबाट फजिलत दरजाको पढाई सम्पन्न गरेपछि उक्त कान्फ्रेन्समा १९ जना छात्राहरुलाई दिक्षित (दस्तार) पनि गरिएको मदरसाका प्रधानाध्यापक मौलाना नैमुल्लाह खानले जानकारी दिनु भयो । उक्त महिला कांफ्रेन्स मदरसा ईस्लामिया आधारभुत विद्यालयको आयोजनामा गरिएको थियो ।

निस्वाँ मदरसा भनेको छात्राहरु मात्र अध्ययन गर्ने होस्टेल सहितको विद्यालय सम्झिन्छ । बेलासपुरमा संचालित उक्त जामिया उम्मेहबिबा गुल्सने रजा निस्वाँ मदरसामा नेपाल–भारतका गरि सय बढि छात्राहरु अध्ययन गर्दै आएका छन् । उक्त निस्वा मदरसामा नेपाली विषय सहित ईस्लाम धर्मको धार्मिक विषयको स्नाकोत्तर सम्मको अध्यापन गराईने गरिन्छ । अध्यापनका लागि निस्वाँ मदरसाहरुबाट स्नाकोत्तर गरेकि आलेमा शिक्षिकाहरुले अध्यापन गराउदै आएकि छिन् । बुधबार सम्पन्न कान्फ्रेन्समा उक्त निस्वाँबाट फजिलतको डिग्री प्रदान गरिदै ति १९ जना छात्राहरुलाई दिक्षित (दस्तार) पनि गरिएको थियो । यो निस्वाँ मदरसा नितान्त मुस्लिम समुदायको सहयोगबाट चल्ने विद्यालय रहेकाले यसको विकास तर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

कांफ्रेन्समा प्रमुख अतिथि लुम्बिनी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री बसिउद्दिन खानले यस निस्वाँ मदरसाहरुको भौतिक पुर्वाधार विकास र शैक्षिक गुणस्तरका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाँले मदरसाहरुको स्तरउन्नती संगै अनुमति कक्षा पनि बढाउदै लानु पर्नेमा जोड दिदै धार्मिक विषय संगै नेपाली विषयहरुको पनि शिक्षामा ध्यान दिन शिक्षकहरुलाई आग्रह गर्नु भयो । कांफ्रेन्समा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, संविधान सभा सदस्य हाजी अलाउद्दिन अंसारी, समाजसेवी गिरी पाण्डेय लगायत अतिथिहरुको पनि उपस्थिती रहेको थियो ।
कांफ्रेन्समा प्रमुख वक्ताको रुपमा रहेकि आलेमा कनिज फातेमाले कार्यपत्र प्रस्तुत गर्दै ईस्लाम धर्मको संरक्षण र प्रवद्र्धनमा सबै मुस्लिमहरु एकजुट हुन आवश्यक रहेको बताईन । त्यस्तै कांफ्रेन्समा वक्ता आलेमा सिद्दिका बानु अमजदी, आलेमा रेहाना खातुन, आलेमा समिना खातुन, आलेमा तैयबा खातुन लगायतले ईस्लाम धर्मको धार्मिक सन्देश र ईस्लामका मुल्यमान्ताका विषयमा चर्चा गरेकि थिईन् ।

कांफ्रेन्समा नेपाल–भारतबाट गरि करिब ५ हजार महिलाहरुको संख्या जुटेको थियो । यो निस्वाँ मदरसा नवलपरासीकै अव्वल मदरसा रहेको र यहाँ प्रदान गरिने शिक्षा गुणस्तर समेत रहेको मदरसा व्यवस्थापन समितिका अध्यक्ष तबरेज आलम खानेले जानकारी दिनु भयो । उहाँले यस मदरसाको चौतर्फि विकासका लागि गाउँपालिका, शिक्षा समन्वय ईकाई, शिक्षा मन्त्रालय समेतको ध्यान पुग्न आवश्यक रहेको भन्दै सबैको सहयोगको अपेक्षा पनि गर्नु भयो ।

कांफ्रेन्समा आउने अतिथि एवं सहभागीहरुको खाना, खाजा समेतको व्यवस्थापन गरिएको थियो । यस कांन्फ्रेन्सले मुस्लिम समुदायमा निकै उत्साह थपिएको छ । नवलपरासीमा कुल ४३ वटा मदरसाहरु संचालनमा छन् भने करिब ४ वटा निस्वाँ मदरसाहरु पनि संचालनमा रहेको मदरसाका सहायक प्रधानाध्यापक शमसेर अलि अंसारीले जानकारी दिनु भयो । पुरुष मदरसा वा छात्राका लागि संचालन हुने निस्वाँ मदरसा समुदायको मुठिदानबाट चल्ने विद्यालय रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here