कुत्बुल मदारशाह दरगाह कमेटीको अध्यक्षमा अजमुद्दिन मिँया चयन

बेलाटारी, ९ असोज । कुत्बुल मदारशाह दरगाह कमेटीको अध्यक्षमा अजमुद्दिन मिँया चयन भएका छन् । विहिवार बेलाटारी स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा आयोजित संस्थाको चौथाें साधारण सभाबाट अजमुद्दिन मिँया अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् । संस्थाका अध्यक्ष निजामुद्दिन मिँयाले संस्था हित विपरित काम गर्दै आएको र संस्थामा एकलौटी गर्न खोजेपछि साधारण सभाबाट अध्यक्ष निजामुद्धिन मिँया माथि अविस्वासको प्रस्ताव पासगरि सभाले अध्यक्षपदबाट हटाई संस्थाका सचिव अजमुद्दिन मिँयालाई सर्वसम्म रुपले अध्यक्ष पदमा चयन गरेको हो ।

अध्यक्ष अजमुद्दिन मिँयाको अध्यक्षतामा बरिष्ठ उपाध्यक्षमा लालमोहम्मद अंसारी, उपाध्यक्षमा रब्बुल मिँया, सचिवमा तजामुल अंसारी, कोषाध्यक्षमा महरुम निशा र सहसचिवमा कलाम मिँया चयन भएका छन् । त्यस्तै सदस्यमा नसरुल्लाह मिँया, आवेदा खातुन, सायरा खातुन, हस्नआरा खातुन, फिरोज मिँया, कादिर देवान, अन्जुमारा निशा, समिर अली, सकुर अंसारी चयन भएको अध्यक्ष अजमुद्धिन मिँयाले जानकारी दिनु भयो । त्यस्तै बरिष्ठ सल्लाहकारमा अब्दुसत्तार मिँया चुनिएका छन् ।

सभाले आर्थिक बर्ष २०७६÷०७७ मा भएको कृयाक्लप र आर्थिक गतिविधि माथि छलफल गर्दै आगामी दिनमा संस्थालाई मजबुत बनाउन र मदारबाबाको विकास र संरक्षणमा एकजुट लाग्ने सभाले कार्यसमितिलाई मेनडेट दिएको हो । अध्यक्ष अजमुद्दिन मिँयाको अध्यक्षतामा भएको चौथो साधारणसभामा मुस्लिम संगठन नेपालका केन्द्रिय सदस्य मुस्लिम समाजसेवी,संस्थाका बरिष्ठ सल्लाहकार अब्दुस्सत्तार मिँयाको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथि मुस्लिम संगठन नेपालका केन्द्रिय सदस्य मुस्लिम समाजसेवी अब्दुस्सत्तारले मदारबाबाको धार्मिक स्थाललाई पर्यटनको रुपमा विकास गर्न र उक्त स्थललाई संरक्षण गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

सभामा विशिष्ट अतिथि फैजाने अहलेबैत संस्थाका अध्यक्ष हाजी मौलाना सैयद गुलाम हुसैन मिँयाले मदारबाबाको सम्पुर्ण जिवनीलाई जोड्दै उनको ईतिहास दर्शाउने गरि किताब लेखन हुनुपर्ने र उनको नाममा ईण्टरनेशनल लाईबे्ररी कायम गर्नुपर्र्ने संस्थालाई सुझाव दिनु भएको थियो । उहाँले मदारबाबाको मेलालाई व्यवस्थित गर्दै उक्त धार्मिक स्थलको विकास र प्रबद्धर्नमा व्यापक ध्यान दिनु पर्ने बताउनु भयो । सभामा अतिथि फैजाने अहलेबैतका उपाध्यक्ष मोलाना मोहरम अलि, समाजसेवी सादाब आलम, समाजसेवी मन्जुर अलि लगायतले नवनिर्वाचित अध्यक्षलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Related articles

बिउबिजनमा ६० प्रतिशत अनुदान दिदै सुस्ता गाउँपालिका

परासी, २८ असोज । सुस्ता गाउपालिकाले बिउबिजनमा ६० प्रतिशत अनुदान दिने तयारी गरेको छ । सिमावर्ती गाउपालिका रहेको सुस्तामा धान,गहुँ,मकै,आलु ,तोरी उखुलगायतका बाली प्रस्सत उब्जनी हुन्छ । पालिकाभित्रका जमिनमा सम्भावना रहेका बालीहरुका बिउविजनमा अनुदान दिने नीति अनुसार गहुँ मकै आलु लसुन तथा प्याजका बिउमा ६० प्रतिशत अनुदान दिने पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । गहुँ […]

देवदहमा पाँचौ राष्ट्रिय औधोगिक व्यापार मेला हुने 

देवदह, २२ असाेज । देवदह उधोग वाणिज्य संघ देवदह रुपन्देहीले पाँचौ राष्ट्रिय देवदह औधोगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७५ गर्ने भएको छ । संघले आउँदो फागुन १८ गते देखी २९ गते सम्म देवदह मण्डपमा मेला गर्न लागिएको जानकारी आइतबार पत्रकार सम्मेलन मार्फत गराइएको छ । स्थानिय व्यवसायको प्रवर्धन गरी सो क्षेत्रका उधोगी व्यवसायीहरुलाई पोत्साहन गर्ने गरी […]