संजय कुमार शर्मा–
नयाँ शैक्षिकसत्र २०७७अारम्भ भएकाे दुई महिना पछि असार १ गतेदेखि विद्यालय खुल्दै छ, प्रशासनिक कार्यका लागि विशेष गरि सामाजिक/भाैतिक दुरी पालना गर्दै भर्ना तथा पाठ्यपुस्तक वितरण काेभिडकाे अवस्थामा शैक्षिक याेजना निर्माण कार्यान्वयन विद्यार्थी सम्बन्ध , उपलब्धि लेखाजाेखा अादि विषयबस्तुबारे गहन अध्ययन तथा प्रतिबद्धतालेनै शिक्षा अगाडि बढन सक्छ जस्काे जिम्मेवारी शिक्षककाे काधमा अाएकाे छ , शिक्षकमाथि अनेक प्रश्नपनि उठ्ने गर्छ तर सच्चा शिक्षक सधै विद्यार्थी तथा विद्यालय प्रति चिन्तनशील रहन्छ।
यसै परिपेक्ष्यमा शैक्षिकसत्र २०७७मा अहिल्यै अात्तिनु पर्ने अवस्था छैन,, समय छ तयारी र याेजनाबद्ध शिक्षण गर्न सकेमा नतिजा प्रभावकारी हुन सक्छ । विद्यालयमा श्रावण देखि कक्षा संचालन गरेपनि लक्ष्य पूरा गर्न सकिन्छ ।
महिना दिन -शनि.बिदा -अन्य बिदा- पढाईदिन असार – ३१ -४ – ४ – भर्ना/पा.पु.वि./ दुर सिकाईमा सहभागी श्रावण- ३२ – ४ – १- २६ भाद्र- ३१ – ४ २ २५ असाेज- ३० ४ ० २६ कार्तिक – ३० ५ ८ १७ मंसिर- ३० ४ ३ २३ पाैष – २९ ४ २ २३ माघ- ३० ४ २ २४ फाल्गुन – २९ ५ ३ २१ चैत्र- ३१ ४ ३ २४ -३०३- ४३- २५ – २०९ – जम्मा बाँकी दिन = ३०३ बिदा :- शनिबार= ४३, अन्यबिदा=२५ जम्मा बिदा :-= ६८ विद्यालय खुल्ने दिन :- २०९+२६(असार)=२३५ अझ २३५-२२०=१५ दिन वढी छ। पढाइ हुने दिन :- १८० -१९० परीक्षा दिन :- ३*८= २४ जम्मा दिन :- १८०+२४= २०४ दिन ।
यसरी हेर्दा काेभिड 19 काे कारणले शैक्षिकसत्र २०७७ मा याेजनाबद्धरुपमा अगाडि बढ्न सकियाे भने विद्यार्थी, अभिभावक तथा शिक्षक संयुक्त रुपमा अगाडि बढ्नु पर्छ . कक्षा संचालनका लागि (क) गर्मी माैसममा विहानी कक्षा:- अधारभूत तहसंचालन गर्ने दिवा कक्षा :- माध्यमिक तह संचालन त्यसैगरि-जाडाे माैसममा विहानी कक्षा :- माध्यमिक तह दिवा कक्षा:- अाधारभूत तह
(ख) विद्यालयका विद्यार्थीहरुलाई मास्क अनिवार्य वितरणकाे व्यवस्था
(ग) निर्णात्मक मूल्यांकन (परीक्षा )४ वटाकाे सट्टामा ३ वटा गर्ने
(घ) प्रत्येक विद्यालयमा इन्टरनेट तथा शिक्षकलाई अनुदानमा ल्यापटप दिनु पर्ने ।
(ड.) दुरशिक्षा विस्तार अादि गर्न सकेमा विद्यार्थी र शिक्षक दुबैलाई राम्रो तथा अभिभावक पनि सकारात्मक हुन सके पक्कै उपलब्धि प्राप्ति गर्न सकिन्छ ।