परासी, ३२ जेष्ठ । पश्चिम नवलपरासीमा आज थप दुईजनामा क्रोना संक्रमण पुष्टि भएको छ । प्रतापपुर गाउँपालिकाका दुईजनामा क्रोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भारतबाट आएका ति दुबैजनाको पिसिर रिपार्ट पोजेटिभ आएपछि उनीहरुलाई आईशोलेसन पठाउने तयारी भैरहेको कार्यालयले जनाएको छ । यो सहित जिल्लामा ४८ जना क्रोना संक्रमित पुगेका छन् ।