परासी,११ असार । नवलपरासी पाल्हीनन्दन गाउपालिकाले अगामी आर्थिक बर्ष २०८२।०८३ का लागि ५३ करोड ११ लाख को बजेट ल्याएको छ । यो बर्ष समयमै गाउसभा सम्पन्न गरि बजेट पास गराएको हो । गाउपालिकाको १८ औ गाउसभामा गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना)ले बजेट प्रस्तुत गरेकी थिईन् । गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)ले सभामा नीति कार्यक्रम पेश गरे पश्चात उपाध्यक्ष सकिनाले बजेट कार्यक्रम प्रस्तुत गर्दै त्यस माथि छलफलका लागि आश्वान गरेकी थिईन् । ल्याएएको बजेटमा संघिय सरकार ससर्त अनुदान २० करोड,समानीकरण अनुदान११ कारेड ८ लाख घरजग्गा रजिष्टेसन दस्तुर बाडफाडबाट ८० लाख राजश्व बाडफाड ९ करोड ४३ लाख ९६ हजार ९ सय ५६ रहेको छ । त्यसै गरि संघिय विशेष अनुदान २ करोड र समपुरक अनुदान १ करोड अनुमान गरिएको छ ।
त्यसै गरि प्रदेश सरकार सरकारबाट समानकिरण अनुदान ७७ लाख ४४ हजार,ससर्त अनुदान १ करोड ५ लाख राजस्व बाडफाडबाट ९६ लाख ५५ हजार,र गत बर्षको मौज्दात ४ करोड ५० लाख रहने गरि उपाध्यक्ष सकिनाले बजेट ल्याएको थिईन । प्रस्तावित आयलाई विभिन्न योजनामा खर्चका लागि ६ वटै वार्ड लाई १ करोडको दरले वार्ड स्तरिय योजना बनाउन सिलिगँ दिइएको थियो । भन्ने बाकी पालिका स्तरिय योजनामा समावेश गरिएको छ । गत बर्ष आन्तरिक विवादले गाउसभा हुन नसक्दा बेलामै बजेट आउन नसके पछि यो बर्ष समयमै बजेट ल्याएको हो ।