सरावल गाउँपालिका द्धारा ५३ करोड ३५ लाखको बजेट प्रस्तुत

0
153

परासी,११ असार । नवलपरासीकाे सरावल गाउपालिकाले कुल ५३ करोड ३५ लाख बराबरको बजेट प्रस्तुत गरेकाे छ । गाउँपालिकाले आर्थिक बर्ष २०८२।०८३ का लागि कुल ५३ करोड ३५ लाख बराबरको बजेट प्रस्तुत गरेकाे हाे । गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा भएको गाउसभामा उपाध्यक्ष बासमती हरिजनले ५३ करोड ३५ लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । उक्त बजेटमा चालु तर्फ ३२ करोड ८८ लाख ८१ हजार रहेको छ । त्यसै गरि पुजिँगत तर्फ २० करोड ९६ लाख ९४ हजार रहेको छ । प्रतिसतमा हेर्ने हो भन्ने चालु तर्फ ६१.६३ प्रतिसत र पुजिँगत तर्फ ३८.३७ प्रतिसत रहेको छ । प्रस्तुत बजेटमा आय तर्फ संघिय सरकारको तर्फबाट ससर्त,समानिकरण,समपुरक र विशेष अनुदान गरि कुल ३४ करोड ३० लाख रहेको छ । प्रदेश सरकारको ससर्त,समानिकरण,समपुरक र विशेष गरि कुल २ करोड ५३ लाख ३७ हजार रहेकोछ । राजस्व बाडफाडबाट संघिय सरकारबाट ९ करोड ९१ लाख ,प्रदेशको १ करोड ९८ लाख,बन रोयाल्टी,४ लाख घरजग्गा रजिष्टेसन दस्तुर १ करोड ३० लाख गरि कुल १२ करोड २५ लाख ९८ हजार राजस्व प्रास्त हुने अनुमान गरेको छ । गाउपालिकाले आफ्ना ७ वटा वार्डलाई ९० लाख को दरले सिलिगँ माग गरेको थियो । भन्ने बाकी गाउपालिका स्तरिय योजना र प्रशासनिक खर्चमा खर्च गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here