परासी, २५ श्रावण । असल छिमेकी नेपालले पाल्हीनन्दन अस्पताललाई ७५ हजार ५ सय रुपैया बराबरको विभिन्न सामाग्रीहरु हस्तान्त्रण गरेको छ । स्वास्थ्य तथा विपद क्षेत्रमा काम गर्दै आएको असल छिमेकी नेपालले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्हीनन्दन अस्पताललाई विभिन्न आवश्यक सामाग्रीहरु एक औपचारिक कार्यक्रम बिच हस्तान्त्रण गरेको हो ।
संस्थाको एरिया ईन्चार्ज पुरन सोती मगरको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालका उपाध्यक्ष फातुमा खातनु अंसारीको प्रमुख आतिथ्यतामा उक्त सामाग्रीहरु हस्तान्त्रण गरिएको हो । संस्थाबाट अस्पताललाई प्राप्त सामाग्रीहरु कार्यक्रमकि प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष फातुमा खातनुले अस्पतालको निमित्त प्रमुख मेडिकल अधिकृत डाक्टर किरण गुप्तालाई हस्तान्त्रण गर्दै यसको भरपुर सदुप्योग गर्द आग्रह गर्नु भयो ।

अस्पताललाई हस्तान्त्रण गरिएको सामाग्रीमा डस्टबिन १५ थान, पंखा १० थान, अफिस कुर्ची १ थान, टेबल १ थान गरि कुल ७६ हजार ५ सय रुपैयाको सामाग्री रहेको छ । संस्थाद्धारा जिल्लामा संचालित विपद प्रतिक्रिया तथा खाद्य सुरक्षाका लागि क्षमता अभिबृद्धि परियोजना मार्फत उक्त अस्पताललाई ति सामाग्रीहरु हस्तान्त्रण गरिएको संस्थाको एरिया ईन्चार्ज तथा कार्यक्रम सहायक अधिकृत सोती मगरले जानकारी दिनु भयो । उहाँले आगामी दिनमा अस्पताललाई आवश्यक थप स्वास्थ्यका सामाग्रीहरु प्रदान गर्ने र सो क्षेत्रमा पनि स्वास्थ्य प्रति आमजनताहरुलाई थप सचेत गराउने कार्यक्रममा संस्थाको महत्पुर्ण भुमिका रहने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष फातुमा खातनु अंसारी, गाउँपालिका वडा ४ का अध्यक्ष रबिन्द्र सहानी लगायतले यस्तो सामाजिक कार्यको प्रशंसा गर्दै सामाजिक क्षेत्रमा काम गर्न विभिन्न संघसंस्थाहरुलाई हातेमालो गरेर अगाडी बढन आग्रह गरे ।
असल छिमेकी नेपालले जिल्लामा डिजास्टरको क्षेत्र काम गरिरहेको छ भने विगतका बर्षदेखि नै सरावल तथा पाल्हीनन्दन गाउँपालिकामा सामुदायिक शसक्तिकरण, जिविको पार्जन र स्वास्थय क्षेत्रमा काम गर्दै आएको कार्यक्रम सहायक अधिकृत सोतीले जानकारी दिनु भयो । संस्थाले महिलाहरुको शसक्तिकरणका लागि यहि श्रावण २४ गते मंगलवार पनि सरावल ६ का महिलाहरुलाई बाख्रा पालन तालिम पनि प्रदान गरेको हो ।