राैतहट, ७ चैत्र । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धमेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पटेलविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । उपभोक्ता समितिबाट भवन निर्माणपछि अन्तिम भुक्तानी दिने क्रममा उनीहरूले सेवाग्राहीसँग ५ लाख घुस रकम लिएको आरोप अख्तियारले लगाएको छ । फागुन १५ गते सेवाग्राहीसँग मेयर पटेल र उनका सहयोगी अशोकप्रसादले २ लाख ५० हजार रूपैयाँ नगद र २ लाख ५० हजार रूपैयाँको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । @lokantar