नवलपरासीमा धुमधामका साथ मनाईयो १५०० आंै मोहम्मद ज्यन्ती

0
39

परासी, २० भदौं । पश्चिम नवलपरासीमा पनि मोहम्मद जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । आज विश्वभरिका मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १५०० आंै जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला नवलपरासीका मुस्लिमहरुले पनि उक्त ज्यन्ती धुमधामका साथ मनाएका हुन् ।
ओल्मा फाउण्डेशन नेपाल, मस्जिद मदरसा कबरिस्ता संरक्षण समिति र मदरसा प्रवद्र्धन सामाजिक केन्द्रको आयोजनामा जिल्लाको सदरमुकाम परासी बजारमा एक भव्य मोहम्मदी ज्लुस निकाली मोहम्मद ज्यन्ती मनाइएको हो । जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स–साना ज्लुसहरु बालगोविन्द पम्प चोक स्थित एकट्टा भई एक भव्य ज्लुसको सकल मा परिणत भएको थियो ।

परासीको हाटबजारबाट निकालिएको उक्त भव्य मोहम्मदी ज्लुस बाईपास, घोणपाली, जिल्ला प्रशासन, घण्टाघरचोक हुदै बुद्धचोक र हाटबजारमा आयोजित कोण सभामा परिणत भएको थियो । ज्लुसमा २ हजार हजार बढि मुस्लिमहरुको सहभागिता रहेको थियो । ज्लुमा सहभागीहरु, रंगिचंगी ब्यानर, ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी ईस्लामि पोसाकमा सजिएका थिए । ज्लुसका सहभागीहरु ईस्लामि तथा राष्ट्रिय नाराहरु लगाई परासी बजारको परिक्रमा गरेका थिए । ईस्लाम धर्मका परवर्तक पैगम्बरे आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश र अमनचयनका सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद ज्यन्ती मनाउदै आएका छन् । बर्षेनी अरबी हिजरीकोे छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु यो मोहम्मद ज्यन्ति मनाउदै आएका छन् ।

पैगम्बर मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लम दुनियामा आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको छ । मोहम्मद ज्यन्तीको शुभ अवसर पारी विभिन्न गाउँहरुमा मिलादी तथा फतेहा खानी जस्ता कार्यक्रम समेत आयोजना गरिएको छ । यस अवसरमा शुभकामना आदानप्रदान गर्ने, नमाज, कुरानय पढने, दानपुन गर्ने, सामाजि सदभाव कायम गर्ने मिठो मिठो पक्वान पकाई साथीभाईहरुलाई खुवाउने र शान्ती तथा ईस्लाम धर्मका सन्देश दिने जस्ता मुख्य कार्यहरु गरिने गरिन्छ । कोणसभामा ओल्मा फाउडेशनका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँया, मदरसा प्रवद्र्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अलि मोमिन, मदरसा दरगाह कबरिस्तानका अध्यक्ष अमिरुल्लाह मिँया, मौलाना मुफती नुर आलम, मौलाना सेराज अहमद, मौलाना उमर निजामी, मौलाना हाजी तैयब लगायतले देशमा सामाजिक सदभाव र धार्मिक सहिष्णुता कायम गर्नुमा पर्नेमा जोड दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here