महेसपुर भन्सारले संकलन गर्यो १६ करोड बढी राजस्व

0
111

परासी, ९ साउन ।बर्दघाट सुस्ता पश्चिम नवलपरासी महेशपुर भन्सार कार्यालयले १६ करोड ६६ हजार  ८ सय ८० रुपैया राजश्व संकलन गरेको छ । भन्सार कार्याललयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन देखि असार महिना सम्मको एक वर्षको अवधिमा सो राजश्व संकलन गरेको हो ।  

महेशपुर भन्सार कार्यालय प्रमुख बिकास उपाध्धायले बताउनु भने आर्थिक वर्ष २०८१/८२ मा १५ करोड ४६ लाख ९१ हजार राजस्व संकलन गर्ने भन्सार कार्यालयले लक्ष्य पाएकोमा लक्ष्य पाएकाे थियाे ।

उनका अनुसार भन्सार महसुल आयात तर्फ १० करोड २० लाख ५८ हजार ५ सय ६८ रुपैया,कृषि सुधार शुल्क १४ लाख ७३ हजार ७ सय ६ रुपैया,भन्सार सम्बन्धि अन्य आय (पैठारी भन्सार सेवा दस्तुर तर्फ ५ लाख ४८ हजार ५ सय रुपैया ,अग्रिम आयकर २७ हजार रुपैया ,मुल्य अभिबृद्धिकर ४ करोड ८३ लाख ८ हजार २ सय ६ रुपैया ,निर्यात सेवा शुल्क १२ सय रुपैया ,अन्तːशुल्क ४८ लाख ६२ हजार १ सय ५ रुपैया ,सडक मर्मत तथा सुधार दस्तुर ५ लाख १२ हजार ७ सय १० रुपैया ,हरीत कर ११ लाख ३५ हजार ३ सय ८५ रुपैया ,अन्य कर तथा शुल्क (अन्य प्रशासनिक सेवा ११ लाख ३९ हजार ५ सय रुपैया राजस्व संकलन भएको छ ।कार्यालय प्रमुख उपाध्यायका अनुसार २०७५ साल असोज ७ गते महेशपुर छोटी भन्सारलाई मुल भन्सारको रुपमा स्थापना भएको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here