प्रतापपुर गाउपालिका अध्यक्ष यादवद्धारा पचफेड स्थित खजुराखोला पुलको शिलान्यास

0
111

परासी,२८ जेठ । दशकौ देखी स्थानियले माग गर्दै आएको खजुरा खोलामा पचफेडा स्थित पुल निर्माणको माग जिल्लाको प्रतापपुर गाउपालिकाले पुरा गर्ने भएको छ । सरावल गाउपालिकालाई समेत जोड्ने उतm पुलको शिलान्यास गर्दै स्थानियको माग सम्बोधन गरिएको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका हुन् । स्थानियबासीले विगत चार दशक देखी नै उतm क्षेत्रमा पुल निर्माणको माग गर्दै आएका थिए । तर विगतका मन्त्री साँसद समेतले चुनावमा आश्वासन मात्रै दिदै आएको भए पनि निर्वाचन पश्चात विर्सर्ने अवस्था देखिदै आएको थियो । आफु स्थानिय चुनावमा सो क्षेत्रमा आउदा पनि स्थानियबासीले सोही माग दोहर्याएका थिए । आफुले दिइएको आश्वासन अहिले पुर्न गर्न पाईएको छ, उनले भने, जनतामा विश्वास समेत जागृत भएको छ । यस क्षेत्रमा विगत र वर्तमानमा पनि नामुद नेताहरु छन्,तर जनतालाई बुझ्ने नेता नभएको स्थानियले बताएका थिए । अहिले गाउपालिकाकै पहलमा भए पनि पुल बन्ने भए पछि स्थानियमा उत्साह थपिएको छ । बाढीको बेला पचफेडा गाँउ पानीको घेरा भित्र पर्ने अवस्था हुन्थ्यो,उनले भने, पुलको निर्माण भए पनि महेशपुर त्रिवेणी सडकसँग जोडिने छ ।


पुल नहुदा बाढीको बेला उद्धारमा खटिने पचफेडामै रहेको प्रहरी चौकी नै घेरामा पर्दा उद्धार गर्नु भन्दा उद्धार खोज्नु पर्ने अवस्था हुन्थ्यो । जुन समस्या अहिले पुलले समाधान दिईने उनको भनाई थियो । १५ मटिर लामो र ५ मिटर चौडाईको उतm बक्स कलभर्ट पुल निर्माण गरिने गाउपालिकाका इन्जिनियर आनन्द यादवले बताएका थिए । १ करोड ४० लाख ७३ हजारको लागतमा इश्वर त्रिरत्न जेभि गँगा ८ अर्घाखाचीले निर्माणको लागि ठेक्का लिइएको छ । उतm पुल २०८३ साल जेठ मासन्तसम्ममा सम्पन्न गर्नु पर्नेछ । गण्डक डुबान क्षेत्रमा पर्ने उतm खोला र पुलको निर्माणले स्थानियमा राहत पुग्ने अध्यक्ष यादवको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here