परासी, २१ पुष । एतिहासिक नन्दन ताललाई स्थानियले कब्जाएर खेत बनाएपछि तालको अस्तिव्त नै मेटिएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ सनई गाउँको उत्तर सिमानामा रहेको ऐतिहासिक नन्दनताललाई केहि स्थानिय व्यक्तिले राजनितिक संरक्षणमा ताल अतिक्रमण गरि खेतीपाती गर्दै आएका छन जसकारण तालको अस्तित्व नै मेटिने खतरामा पुगेको छ । विगत लामो समयदेखि तालको संरक्षण र प्रवद्र्धनमा सम्बन्धित निकायहरुले ठोस पलह नगर्दा ताल अतिक्रमणको चपेटामा परि खेतीमा परिणत भएको छ जसमा स्थानिहरुको रजगज रहेको देखिन्छ ।
२० बर्ष अगाडी एतिहासिक नन्दन ताल जिल्लाको ठुलो तालको रुपमा चितपरिचित थियो । तालमा विभिन्न देशका चराचुरुङ्गी, फुलविरुवा, विभिन्न प्रजातीका माछा र पानीमा पाउने जनावरहरु पाउने गरिन्थ्यो तर ताललाई जोगाउन नसकेपछि स्थानियले ठुला दलको संरक्षणमा ताललाई अतिक्रमण गरि खेतीपाती गर्न थालेपछि तालको स्वरुप खेतीमा परिण भएको छ । तालको संरक्षणमा ठोस बजेटिङ्ग गरि गुरुयोजना बनाई काम नथालिएकाले पनि ताल क्रमशः अतिक्रमण हुदै गयो । ताल संरक्षणमा ठुला दलकै नेता नलाग्दा सम्म कुनै ठोस परिणाम नआउने स्थानिय धरेन्द्र यादवको भनाई छ ।
करिब ९२ विगाहा क्षेत्रफलमा फैलिएको एतिहासिक नन्दन ताललाई संरक्षण गर्न तत्कालिन जिल्ला विकास समितिल र पाल्हीनन्दन गाउँपालिकाले विगतमा केहि पहल गरेपनि ठोस परिणाम भने आउन सकेन । तर पुनः पाल्हीनन्दन गाउँपालिकाले ताललाई अतिक्रमणबाट जोगाउन र संरक्षण प्रबद्र्धन गर्न तालमा बहस थालेको छ । गाउँपालिकाले जिल्लाका जनप्रतिनिधि सांसद, पुर्व सासद, प्रदेशसभा सदस्य, सधियार पालिका प्रमुख र जिल्ला राजनितिकि दल तथा सरोकारवालाहरु संग अन्तरक्रियाको मार्फतबाट तालको संरक्षण र प्रवद्र्धनमा चाँसो देखाएको छ ।

रामग्राम नगरपालिका हकुई गाउँ र तुरिया खोलले घेरि ९२ विगाहा क्षेत्रफलमा फैलिएको नन्दन तालको खोज तलास गर्दा साविक सनई गाविसको वडा २ क को कित्ता नम्बर १ मा ३४ विगाहा ११ कठ्ठा मात्र नन्दन तालको नाम फिल्डबुक र नक्सामा देखिएको छ । यस्तै सोही वडामा कित्ता नं. ५७०, ५७१ र वडा ८ ख मा ७८५, ७८६ कित्ता नम्बरमा पर्ती जग्गा देखिएपनि ति क्षेत्रफलहरु पनि नन्दन तालकै हुनु पर्नेमा गाउँपालिकाले दावी गर्दै आएको छ जसको प्रमाणहरु जुटाउनमा पालिका खटेको छ ।
गाउँपालिकाकाले नन्दन ताल संरक्षण अन्तरक्रिया कार्यक्रममा तालको ईतिहास र आफुँले गर्न चाहेको गुरु योजना प्रस्तुत गरि सुझाव र प्रतिबद्धता समेत लिई अगाडी बढेको गाउँपालिका अध्यक्ष बैजु गुप्ताले जानकारी दिनु भयो । उहाँले, तालको विकासका लागि बहस, छलफल र स्थानिय स्तरमा देखिने समस्याको सामाधान गर्दै अगाडी बढनु पर्ने आवश्यक देखिएको जिकिर गर्नु भयो ।
वि.सं. २०५६÷०५७ मा नन्दन ताल तालैको स्वरुपमा थियो र त्यस बेला गाविसबाट तालमा माछाको ठेक्का लाग्ने पनि गर्दथ्यो । त्यसपछि केहि बाठा स्थानियहरु राजनितिक पहुँचले ताल अतिक्रमण गर्न थाले र जुन ताल अहिले एउटा सानो पोखरीको क्षेत्रफलमा खुम्चिएको छ । तालको जग्गा फिर्ता ल्याउन र तालको संरक्षणमा गाउँपालिकाले दिएको ध्यानमा सबै राजनितिक दल र सरोकारवालाहरुको सहयोग आवश्यक रहेको नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैंथवारले बताउनु भयो ।
तालको संरक्षण गर्ने कुरा बहसमा आउदा ताल कब्जाउने स्थानियहरुमा खैलाबैला मच्निे गर्दछ । ति व्यक्तिहरु जग्गा बचाउन ठुला नेताहरु कहाँ दौडधुप लाग्ने गर्दछन । विगतमा केहि भुमाफियाहरु तालको लालपुर्जा नै वितरण गर्ने खेलमा लागे तर सफल भएनन । अहिलेपनि केहि राजनितिक दलका नेताहरुले तालको पुर्जा बाडने स्थानिय आश्वासनमा छर्दै भोटको खेती गर्दै आएको आरोप लाग्दै आएको छ । यस्तै सो गाउँपालिकाको वडा ६ मै ८२ विगाको सनई तालपनि छ । त्यो पनि अतिक्रमणकै चपेटामा छ । यस क्षेत्रमा पनि पालिकाले काम गर्नु पर्ने आवश्कता देखिएको छ ।