परासी, ६ भदाै । महेसपुर भन्सार कार्यालयले गत आर्थिक बर्षमा १५ करोड बढि राजस्व संकलन गरेको छ । पश्चिम नवलपरासीको मुल नाका महेसपुर भन्सारले गत आर्थिक बर्षमा कुल १५ करोड, ११ लाख ८० हजार ५३० रुपैया राजस्व संकलन गरेको छ । यो राजस्व संकलन लक्ष्यको ९२.४१ प्रतिशत रहेको छ । भन्सार कार्यालयको तथ्याण्ङ्क अनुसार भन्सार महसुल तर्फ १० करोड ३ लाख २४ हजार ५५९ रुपैया रहेको छ भने कृषि सुधार शुल्क तर्फ ६ लाख ३१ हजार २२० रुपैया रहेको छ । त्यस्तै अग्रीम कर तर्फ ३६ हजार ३२४ रुपैया, मुल्य अभिबृद्धि कर तर्फ ४ करोड, ४७ लाख ६१ हजार ६२१ रुपैया, अन्तशुल्क तर्फ ४५ लाख ८० हजार ५४१ र अन्य तर्फ ८ लाख ४५ हजार ९६५ रुपैया रहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
मुल भन्सार रहेको महेसपुर भन्सार यति बेला शुन्सान बनेको छ । भन्सारमा आवश्यक भौतिक पुर्वाधारको विकास नहुँदा र प्लान्ट क्वारेन्टाईनको व्यवस्था नहुँदा भन्सारमा व्यपारीको चाप बढनै सकेको छैन । जस कारण भन्सारको राजस्वमा हस हुदै गएको छ । यसै भन्सारले आर्थिक बर्ष २०७७÷०७८ मा कुल २७ करोड ३० लाख २१ हजार रुपैया राजस्व संकलन भएको थियो तर तहाँदेखि राजस्व संकलनमा ओरालो लाग्दै गएको छ । भन्सारमा व्यपारीको चहलपहल बढाउन नत्र जिल्लाका उद्योग बाणिज्य संघले कुनै पहल गरिरहेको देखिन्छ नत्र यहाँका नेता तथा जनप्रतिनिध । भन्सारमा प्लान्ट क्वारेन्टाईन ल्याउन पहल नभएकै कारण भन्सार यतिबेला सुनशान बनेको छ । भन्सारमा प्रयाप्त गोदाको अभाव छ भने मालसमान जाँचकी कक्ष पनि छैन । भवनहरुको पनि अभाव उत्तिकै छ । यता भरपुर कर्मचारीको दरबन्दी पनि छैन । मुख्य क्षेत्र प्लान्ट क्वारेन्टाईन पनि नभएकाले भन्सारमा व्यपारीको चहलपहल बढेको पाईछैन ।