परासी, २३ असाेज । शसस्त्र प्रहरीले नवलपरासीबाट ठुला मात्रामा पटाखा बरामद गरेकाे छ । शसस्त्र प्रहरीले जिल्लाकाे रामग्राम नगरपालिका १२ कुनवारबाट पिकप सहित पटाखा बरामद गरेकाे हाे । बरामद भएको पटकलाई खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीका एसपी धिरेन्द्र न्यौपाने बताउनु भयो। पटका सँगै पक्राउ परेको सवारी साधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सारमा चलान गरिएको छ।
उक्त पटका सँगै पक्राउ परेका चालकलाई स्थानिय स्थानियहरु पहिचान गर्न नसकने गरी शस्त्र प्रहरीको बर्दी लगाएर शंकास्पद गोदाम हेर्न जादा सशस्त्र प्रहरी बल र स्थानीय बिच विवाद उत्पन्न भएपछि विवादका क्रममा सशस्त्र प्रहरीको गाडीबाट पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुर बस्ने पिकअप चालक सुनील गुप्ता स्थानीयको भीड भाडले भागेको सशस्त्र प्रहरीका एसपी धिरेन्द्र न्यौपानेले बताउनु भयो। उहाँले भन्नु भयो फरार रहेका चालकलाई पक्राउ गर्नको लागि वारेन्ट जारी गरेका छौं”त्यसलाई हामीहरु पक्राउ गर्छौ । बागमती प्रदेश ०३-००१ च-११३८ नम्बरको पिकअपमा लोड गरेर भूमही तर्फ लैजाँदै गरेको अवस्थामा नवलपरासीको रामग्राम १२ कुनवारबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वार्टर नवलपरासीको गस्ती टोलीले चालक सहित पिकप पटका बरामद गरेको हो । बरामद भएको पटकाको बजार मूल्य ९ लाख भन्दा बढी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण बेलासपुरले जानकारी दिएको हो ।” उक्त भारतको ठूठीबारीबाट पटका ल्याइएको हो।