परासी,१७ भदौ । जिल्लाको पाल्हीनन्दन ६ स्थित प्राचिन नन्दन नगर र नन्दन तालको ब्यवस्थापन गरि पर्यटकिय गन्तब्य बनाउनमा निजी क्षेत्रले पनि चाँसो बढाएको छ । जिल्लाका विभिन्न पर्यटकिय क्षेत्रको विकास गरि आर्थिक क्षेत्रको रुपमा रुपान्तरण गर्ने उदेश्यले निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संस्था उद्योग बाणिज्य संघले उतm स्थानको भ्रमण गर्दै सरोकारवालासँग छलफलका लागि गृहकार्य अगाडी बढाएको हो ।

सय विघा क्षेत्रफलमा फैलिएको प्राचीन नन्दनतालसँगै जोडिएको बौद्धकालिन प्राचीन नन्दन नगरलाई पर्यटकिय गन्तब्य बनाउन ठूलो सम्भावना बोकेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरलिे बताए । यसको विकासले मात्रै हजारौको रोजगारी सृजना हुन्छ,उनले भने, यसले हाम्रो जिल्लाको गौरव बढाउछ,विश्वसम्पदामा जान सक्ने सम्भावना बोकेको यो स्थल हो, उनले थपे,तर यसका लागि स्थानिय देखी जिल्ला,प्रदेश सरकार र संघिय सरकारले काम गर्नु पर्ने आवश्यक देखिएको छ ।
गत बर्ष उतm स्थानको विकासका लागि गाउपालिकाले जिल्ला स्थित सरोकारावाला निकाय तथा जनप्रतिनिधिसँग विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गर्दै छलफल गराएको थियो । सो कार्यक्रममा गरिएको प्रतिवद्धता अनुसार नै यस क्षेत्रका संघिय संसद प्रतिनिधिसभा सदस्य(साँसद) तथा पुर्व कानुन मन्त्री ध्रुव बहादुर प्रधानको पहलमा तिन करोड बजेट समेत संघिय सरकारले विनियोजन गरेको छ । ति रकम खर्चेर यस क्षेत्रको विकासमा सबै दल र संघसस्था सहकार्य गरेर अगडाी बढनु पर्ने आवश्यकता समेत उनले औल्याएका थिए ।
विगतमा पनि एक करोड बजेट राष्टपति चुरे कार्यक्रमबाट विनियोजन भई टेण्डर समेत भएको तर सहजीकरण हुन नसक्दा सो बजेट काम नभएर फ्रिज भएर गएको हुदा अहिलेको तिन करोड बजेट खर्चेर काम गर्नु पुर्व नै सो क्षेत्रको विकासका लागि साझा धारणा बनाउन आवश्यक देखिएको छ । बजेट विनियोजन भएकोबारे जानकारी गराउदै गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)ले सबै मिलेर जानु पर्ने र सबैको विकासका लागि सबै जुट्नु पर्ने आवश्यकता बताएका थिए । नन्दन नगरमा तँ पालिका र वार्ड स्तरबाट काम भई रहेको छ,उनले भने, तर नन्दन तालको अतिक्रमण खाली गराई तालको स्वरुप प्रदान गर्नु पर्ने आवश्यकता छ ।
ति स्थानको पहिचान गराउन योजनाबद्ध तरिकाले सो वार्डका वार्ड अध्यक्ष कृष्ण चन्द्र यादव लागि परेको बताए । सो स्थानको विकास,प्रवद्र्धन र पहिचान गराउनका लागि ताल ब्यवस्थित गर्ने र नन्दनगरमा रहेका प्राचिन इनार लगायतको क्षेत्रमा पुरातात्विक उत्खनन गराई खुल्ला गर्ने तयारीमा समेत काम भई रहेको बताएका थिए । अहिले वार्डमा आउने जोसुकै नयाँ ब्यक्तिलाई उनले सो प्राचिन स्मारक स्थल देखाउन लागि हाल्छन् । विभिन्न क्षेत्रबाट सो स्थानको विकासका लागि आर्थिक स्रोत आउदा विगतमा सदुपयोग गर्न नसकिएको प्रति दुःख ब्यक्त गर्दै उनले अब यस प्राचिन पहिचान भएका स्थानको विकास प्रवद्र्धन र प्रचार प्रसारमा कुनै कसुर बाकी नराख्ने गरि प्रतिवद्ध भई काम गरिहेको स्थानियबासीले पनि बताएका थिए । सो क्षेत्रको विकासका लागि उनले नगर र ताल ब्यवस्थितका लागि छुट्टा छुट्टै ब्यवस्थान समिति समेत बनाई सकेको बताएका थिए । गत बर्ष पहिचानमा आएको नन्दन नगर र विगत बर्ष देखी नै पहिचानमा रहेको नन्दनताललाई पर्यटकिय गन्तब्य बनाउने तयारी भई रहेको पाल्हीनन्दन गाउपालिकाले जानकारी गराएको थियो ।