भारतीय केरा भित्रिदा नवलपरासीका केरा किसानले १ अर्ब ३५ करोड नोक्सानी ब्यहोर्दै

0
8

परासी,९ असोज । नवलपरासीका केरा किसानले एक माथी एक क्षति ब्यहोर्नु पर्ने समस्या देखिएका छन् । विगतमा केराको बेर्ना तयार गर्नका लागि टिस्यु कल्चर गर्ने सस्थाहरु नहुदा समस्या झेल्दै आएका केरा किसानलाई अहिले केरा विक्रिको समस्या देखिएका समस्याले एक अर्ब बढिको क्षति ब्यहोर्नु पर्ने अवस्था आएको केरा किसानले बताएका हुन् ।
नेपालले भारतबाट केरा आयातमा लगाएको भन्सार कर घटाउदा भारतबाट सस्तोमा केरा नेपाल भित्रिन थाले पछि नेपाली किसानले केराको मुल्य नपाउने समस्या देखिन थालेको किसानहरुले गुनासो गरेका हुन् । गत आर्थिक बर्ष २०८१।०८२ मा भारतबाट केरा आयात गर्दा २४ प्रतिसत शुल्क लाग्ने गरेको थियो,यो आर्थिक बर्षमा तत्कालिन सरकारले नै सो भन्सार शुल्क १३ दशमलव ५ प्रतिसतमा झारे पछि केराको आयातमा वृद्धि भएको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए । बेलामा बेर्नामा अवरोध भयो,अहिले भन्सार छुट दिइएर नेपाल सरकारले नेपाली केरा किसानलाई नोक्सानी ब्यहोर्नु पर्ने अवस्था सृजना गरेको छ, उनले भने, भारतमा भारतिय सरकारले अहिले जिएसटी घटाउदै स्थानियलाई प्रोत्साहन दिइएको छ,नेपालले पनि उनीहरुलाई नै्र सहयोग पुग्ने गरि आयातमा भन्सार शुल्क घटाई दिएको छ । यस्ले नेपालका केरा किसानलाई लागत निकाल्न धौ धौ छ । केरा विक्रि हुन छाडेको छ, उनले दुखेसो पोखे, गत बर्षको तुलनामा यो बर्ष केराको आधा मुल्य पनि पाउन सकेका छैनन् ।
सरकारले नेपाली केरा किसानलाई पहिला तँ आवश्यक मलखाद्य,उन्नत विउँबिजन दिन सक्न्दैन्,त्यसमा पनि विभिन्न प्रकारको संघर्ष गर्दै नेपाली केरा किसानले केरा उत्पादन गर्छन् । विक्रिको बेला भारतिय केरा भित्रयाउन छुट दिदा नेपाली किसान मर्कामा पर्ने केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष यादवले बताए । विना क्वारेन्टाइन जाँच भारतिय केरा वित्रिने गरेका छन्,उनले भने, ठूलो मात्रामा अनुदान पाएर उत्पादन गरेका भारतिय किसानसँग नेपाली किसानले प्रतिस्पार्धा गर्नु फलामको चिउरा हो । त्यो भएर पहिला नेपाली किसानको केरा विक्रि गर्न पाउने प्राथमिकता सरकारले तोक्नु पर्ने उनको भनाई थियो । सरकारलाई औपचारिक ध्यानाकर्षण गराइएको छ,उनले थपे, सरकारले नियन्त्रण र नियमन नगरेका कारण हामी केरा किसान संघर्षमा उत्रेका छौ ।
नेपालका शासक प्रशासक कस्का लागि काम गर्दैछन्,किसानकै समस्याले खाउदैछ, उनले भने, नेपाली शासक नेपाली जनताबाट भोट लिएर सत्तामा जाने नेपाली किसानले तिरेको तिरोबाट रासन भत्ता खाने तर काम भारतियको पक्षमा गर्ने उनले आरोप लगाए । नेपाली किसान प्रति नेपाली शासन प्रशासन सौताको ब्यवहार गर्दै आएको उनले सुनाएका थिए । जिल्लामा २ हजार ५ सय ४४ हेक्टरमा खेती हुने गरेको सरकारी तथ्याँकले पनि देखाएको भए पनि केरा खेती घटेर यस बर्ष १ हजार ८ सय हेक्टरमा झरेको छ । उतm क्षेत्रफल कठ्ठामा ३६ हजार कट्ठा हुन्छ । प्रति कट्ठा केरा उत्पादन २५ क्वीन्टल हुने गरेको छ । सो तथ्याकलाई आधार मान्ने हो भने अहिले ९ लाख क्वीन्टल केरा उत्पादन भएको देखिन्छ । उतm केरा केजीमा हेर्ने हो भने ९ करोड केजी हुन्छ ।
गत बर्ष प्रति केजी केराको सरदर मुल्य ३५ रुपिया थियो । तर यो बर्ष केराको अहिलेको मुल्यमा सरदर प्रति केजी २० रुपियामा झरेको छ । गत बर्षको तुलनामा यो बर्ष प्रति केजी १५ रुपिया नोक्सानी ब्यहोर्नु पर्ने देखिएको छ । जुन यो जिल्लाका किसानले मात्रै १ अर्ब ३५ करोड नेक्सानी ब्यहोर्नु पर्ने देखिएको छ । सरकारले नै नेपाली किसानलाई प्रोत्साहन गर्नु भन्दा भारतीय केरालाई प्रश्रय दिएर नेपाली किसानलाई खेतीपाती छाडेर वैदेशिक रोजगारीमा पठाउन उद्यत देखिन्छ ।
भारतबाट बेर्ना ल्याउन नपाउने र ल्याएमा बनस्पति जन्य क्वारेन्टाईन ल्याब ब्यवस्था नहुदा अनुदान प्राप्तीमा समस्या एका तिर देखाएका थिए । आर्को तिर नेपालमा रहेका टिस्यु कल्चर गर्ने सस्थाहरुले बेर्ना उपलब्ध गराउन नसक्ने जनाएका थिए । केरा किसानलाई सरकारले समस्यै समस्यामा परेका प्रतापपुरका स्थानिय केरा किसान युवराज मौर्यले बताए । उनका अनुसार जिल्लाका किसानलाई बार्षिक ६ लाख गोटा बेर्ना आवश्यक पर्छ ।तर बेलामा बेना आपुर्ति भएन् । पछि मात्र भारतबाट पनि टिस्य कल्चरको बेर्ना ल्याउने अनुमति पाइएको थियो । केरा उत्पादनमा ह्रास झेल्न पर्यो,अहिले बिक्रि गर्ने बेला फेरी भारतिय केरालाई खुलेयाम आउन दिदा केरा किसानलाई मर्का पर्ने देखियो ।
जिल्ला भित्रै आवश्यक बेर्नाको मुल्यलाई हेर्ने हो भन्ने २ करोड १० लाखको बेर्ना मुल्य हुन्छ । यसका लागि केरा उत्पादक समितिले प्रधानमन्त्री यान्त्रिकरण योजनासँग कुरा राखिएको बताउदै उनले केरा सुपर जोन लागु भएको क्षेत्रमा सो आयोजनाले टिस्यु कल्चर गर्ने सस्थालाई अनुदान उपलब्ध हुने जानकारी गराएका थिए । तर अहिले सो आयोजनाले जिल्लामा केरा उत्पादन गर्ने क्षेत्रलाई केरा जोनको रुपमा मात्रै कायम गरेको छ । सुपर जोन बनाउनका लागि १ हजार हेक्टर भन्दा बढिमा खेती हुनु पर्ने छ । तर जिल्लामा एकै स्थानमा जोडिएर सुस्ता र प्रतापपुर गाउपालिकामा १ हजार ३ सय हेक्टरमा केरा खेती हुने गरेको देखिन्छ । तर पनि आयोजनाले केरा उत्पादन हुने क्षेत्रलाई सुपर जोन भनि लागु गरेको छैन् ।
सरकारले अन्तर्राष्ट्रिय जगतमा र लगानी गर्ने विश्व बैंक लगायतका दातृसस्थाहरुसँग उत्पादन गर्ने भनि सम्झौता गर्ने तर वास्तविकतामा काम नगर्ने हुदा लागनी भए पनि देशमा उत्पादन हुन सकिरहेको छैन् । सबै मापदण्डले मिल्दा पनि के कारणले अवरोधहरु सृजना भई रहेका छन ? त्यो कुरा यस्तै घटनाले पनि स्पष्ट पार्छ । अनुदान र ऋण लिइने तर काम नगरिदिइने सरकारी निकायको दोहोरो चरित्रले किसान हैरान छन् । उत्पादन बढाउन सके देशकै जनताले राहत पाउने छन् । आयात प्रतिस्थापन हुने थियो । जिडिपीमा योगदान पुर्याउथ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here