पशु स्वास्थ्य शिविरमा ७४५ पशुहरुको उपचार गरियो

0
138

परासी, १७ असार । पशु स्वास्थ्य शिविरबाट प्रतापपुर गाउँपालिकाका पशुपालक किसानहरु लाभान्वित भएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ५ बसैयामा सोमबार आयोजित पशु स्वास्थ्य शिविरबाट पशु चौपायाहरुलाई उपचार सेवा प्रदान गरि किसानहरुलाई लाभ पु¥याइएको छ । भेटेरिनरी अस्पताल तथा पुशसेवा विज्ञ केन्द्र परासीको आयोजना तथा प्रतापपुर गाउँपालिका कार्यालयको सहकार्यमा आयोजित निशुल्क पशु स्वास्थ्य सेवा शिविरमा किसानहरु आ–आफनो पशुहरुको समस्या बताई चेकजाँच गराई उपचार सेवा लिएका हुन । शिविर विज्ञकेन्द्रको प्रमुख श्रवण कुमार चौधरीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यतामा संचालन भएको विज्ञकेन्द्रका पशुसेवा अधिकृत सुरेश प्रसाद मिश्राले जानकारी दिनु भयो ।


शिविरमाा पशुरोग अन्वेषण प्रयोगशाला कार्यालय परासीका प्रमुख डाक्टर भरत काफले, पशुसेवा विज्ञकेन्द्रकि चिकित्सक डाक्टर विभुती सिँह, पशुसोव अधिकृत सुरेश प्रसाद मिश्राको टोलीले पशुचौपायाहरुको चेकजाँज गरि औषधीहरु वितरण गरेका थिए । शिविरमा ल्याइएका गाईभंैसी, बाख्रा, पशुपंक्षीहरुको चेकजाँच गरिएको थियो भने सो क्षेत्रका फर्महरुमा पालन भईरहेका गाईभंैसी, बाख्रा भेडा, कुखुरा हाँस लगायतका पशुपंक्षीहरुको फर्मभै गई समस्या बुझी उपचार र औषधी वितरण गरि उपचार सेवा प्रदान गरिएको पशु सेवा अधिकृत सुरेश प्रसाद मिश्राले बताउनु भयो ।

पशु स्वास्थ्य शिविरबाट गाइगोरु बाछी गरि ५८, भंैसी १८० पाडापाडी ४६, बाख्रा २१०, भेंडा २५० र कुकुर १ गरि कुल ७४५ वटा पशुहरुलाई उपचार गरि निशुल्क औषधी वितरण गरिएको उहाँले जानकारी दिनु भयो । यस शिविरबाट कुल ८९ घरधुरी लाभा लियो । गाउँघरका किसानहरुको पशुहरुमा कुन खालको रोग लाग्न सक्छ र सोको पहिचान र उपचार कहाँ कसरी गर्ने र पशु स्वास्थ्य बारे सचेतना समेत गराउने उद्देश्यले यो पशु स्वास्थ्य शिविर संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रको प्रमुख श्रवण कुमार चौधरीले जानकारी दिनु भयो । गाउँघरमा दुईचार वटा पशु पाल्ने किसानहरुलाई रोगहरुको बारेमा खासै थाहा नहुने र पशुको स्यहार सुसारमा कम ध्यान रहने र समय समयमा नियमित औषधीहरु कहाँबाट कसरी प्राप्त गरि पशुलाई सेवन गराउने जस्तो कुराहरुको जनचेतना समेत यस शिविरले दिने विज्ञकेन्द्रका प्रमुख चौधरीले बताउनु भयो ।


शिविरमा आउने पशु पंक्षीहरुको रोग पहिचान गरि उपचारको काम गरिएको छ भने शिविरमा ल्याउन नसकिएको ठुला पशुचौपायाहरुको बारेमा किसानसंग सोधपुछ गरि लक्ष्णको आधारमा औषधीहरु वितरण गरि सेवा प्रदान गरिएको छ । शिविरमा पशु रोग अन्वेषण प्रयोगशालाका डाक्टर भरत काफले, भेटेरिनरीका डाक्टर विभुती सिँह, प्रतापपुर गाउँपालिका पशु शाखाका प्राविधक कर्मचारीहरु र विज्ञकेन्द्रका प्राविधिकहरुको सहयोगमा शिविर संचालन भएको थियो । विज्ञकेन्द्रले पशु सेवा प्रदान गर्ने उद्देश्यले बर्षमा मागको आधारमा यस्ता पशु स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । यस्ता शिविरहरुमा गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले पनि कार्यक्रम योजना र प्राविधिक सहयोगका मार्फत सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । उहाँले यस क्षेत्रमा पशुपालनमा किसानहरुलाई उत्साहि आकर्षि गराउन पालिकाबाट विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याई रह्रेको र पशुहरुको स्वास्थ्य सेवा प्रदान गर्न सेवा प्रदायक निकायहरुबाट समन्वय सहकार्य गरि विभिन्न सेवा कार्यक्रमहरु संचालन गराउन लागी परेको बताउनु भयो ।
कार्यक्रम गाउँपालिका वडा ५ का अध्यक्ष रमेश कानु बनियाले यो शिविर अत्यन्तै लाभदायी रहेको जिकिर गर्नु भयो । कार्यक्रममा विज्ञकेन्द्र प्रमुख श्रवण कुमार चौधरीले आगामी दिनमा पनि यस्तै शिविर र कार्यक्रमहरु पनि गरिदै जाने जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here