बन्ला त झरही र पिडुराखोला गोही आरक्ष क्षेत्र

परासी,८ मंसिर । जिल्लाका तिन पालिकालाईको मिलनविन्दु समेत रहेको पिडुरा झरही दोभान कुण्डमा रहेका गोहीलाई संरक्षण गर्न त्यसलाई गोही आरक्ष क्षेत्र घोषणाको तयारीमा स्थानिय जुटेका छन् । रामग्राम १७ पिपरहिया,पाल्हीनन्दन ३ कुश्मा र सरावल ४ पुर्नहा र ललितपुर गाँउको विचमा रहेको करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको दोभान जलासय र कुण्ड क्षेत्रलाई गोही आरक्ष क्षेत्रको रुपमा विकास र संरक्षण गर्न स्थानिय जुटेका हुन् ।
ति कुण्डमा दर्जनौ साना ठूला गोही रहेकोले सो क्षेत्रलाई गोही आरक्ष क्षेत्र घोषणा गराउन पहल भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्यैया मौर्यले बताए । बर्षायामा झरही र पिडुरा खोलामा घुम्ने र रमाउने गोहीहरु हिउँद र गर्मिमा पिडुराको कुण्डमा बास बनाई बस्दै आएको जनाए । अब्यवस्थित रुपमा रहेका गोहीलाई ब्यवस्थित गर्न आवश्यक देखिएको छ । अब्यवस्थित गोहीहरुले स्थानिय स्तरमा जोखिम र चुनौती पनि बनेको छ, उनले भने,तर ब्यवस्थित गर्न सकियो भन्ने पर्यटकिय क्षेत्रको रुपमा अवसरको रुपमा विकास गर्न सकिन्छ । यसका लागि स्थानियबासी सबै तयार रहेको उनले दाबी गरेका थिए ।

बर्षाै देखी बस्दै आएको गोहीलाई किन मार्ने ? उनले भने,त्यस क्षेत्रलाई बरु जाली तारले ब्यवस्थित गरि जोगाउन सकियो भन्ने पर्यापर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने अवस्था छ । गोहीहरुकै डरले कम्तीमा ति क्षेत्रमा बन तथा खोलानाला अतिक्रमणले पनि जोगिएको छ । जुन जलश्रोतको रुपमा स्थानियले प्रयोग गर्दै आएका छन् । झरही खहरे खोला भए पनि पिडुरा खोलामा जमिनमुनिबाट नै पानी निस्कने मुल जस्तै छ,उनले थपे,त्यही भएर जतिसुकै सुख्खा भए पनि पिडुरा खोलाका पानी सुक्दैन् । त्यसैले ति जलासय र कुण्ड गोहीहरुको लागि सुरक्षति बास स्थान बनेको छ ।
गोहीका लागि सुरक्षित बास बनेको भए पनि सो क्षेत्रमा कहिले काही बाख्राहरु चर्न गएको बेला गोहीले आक्रमण गरि आहारा बनाउने गरेको वार्ड अध्यक्ष मौर्यले सुनाए । स्थानियले बाख्रा हराएको कुरा उठ्दा गोहीले लगेको अनुमान गर्छन्,त्यो बेला पानी सुकाएर गोहीलाई नै नष्ट गरिदिने आक्रोस पनि पोख्ने गरेका छन् । तर अहिलेसम्म गाँउलेहरुलाई सम्झाई बुझाई राखिएको छ । तर अब गोहीको खत्तराले देखिएको चुनौतीलाई अवसरमा बदल्ने प्रयासमा जुटेका छौ,उनले भने, लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरन कलवार जिल्लाकै मन्त्री हुन् । उनीसँग गोही आरक्ष क्षेत्र घोषणाका लागि कुरा भएको छ । उनी पनि त्यसमा सकारात्मक देखिएका छन् ।
रामग्राम नगरपालिका,सरावल र पाल्हीनन्दन गाउपालिकाको जोडेको उतm स्थानमा अन्य पर्यटकिय पुर्वाधार पनि रहेको हुदा गोही आरक्ष क्षेत्र घोषणाले थप पर्यटनको क्षेत्रलाई बढावा दिईनेमा उनले विश्वास ब्यतm गरेका थिए । पाल्हीनन्दन ३ कुश्मा स्थित कुटी पार्क समेत रहेको छ । त्यसै गरि सोही जलासयसँग जोडिएको अनरीमाई मन्दिर,उत्तरबहनी(उत्तरायण) झरही नदी पनि भएकोले साँस्कृतिक पर्यटन पनि रहेका छन् । कुटीपार्कमा पनि विभिन्न मठमन्दिर रहेका छन् । स्थानियले शव अन्त्येष्टि गर्ने स्थान(मासन घाट) पनि सोही क्षेत्रमा रहेको छ ।

त्यसै गरि सरावल गाउपालिकाको ललितपुर गाँउमा मधेश साँस्कृतिक पार्क पनि सञ्चालनमा आएका छन् । मधेशका विभिन्न साँस्कृतिक कला प्रर्दशन गरिने क्षेत्र पनि रहेको हुदा आन्तरिक तथा बाह््य पर्यटन केन्द्र बन्न सक्ने आधार उनले प्रस्तुत गरेका थिए । गोही आरक्ष क्षेत्रलाई सडक सञ्जाललाई पनि जोडेको उनको भनाई थियो । उनका अनुसार पुर्वपश्चिम महेन्द्र राजमार्गको बासा देखि महेशपुर जोड्ने बासा पिपरहिया महेशपुर सडक सोही क्षेत्र भएर गएको छ । त्यसै गरि पुर्वपश्चिम राजमार्गकै भुतहा देखी महेशपुर नाका जोड्ने भुतहा महेशपुर सडकले पनि उतm क्षेत्रलाई जोडेको छ । ३२ किलो मिटर लामो नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीका सेवा सडकले जोडिएको हुदा पर्यटकलाई आँउ जाँउमा पनि समस्या नहुने उनको भनाई थियो ।

गोही आरक्ष क्षेत्र बनाउन भई रहेको प्रयास सकारात्मक रहेको पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक)ंले त्यसका लागि गाउपालिकाबाट हुने सहयोग र सहकार्यका लागि गाउपालिका तयार रहेको बताए । ढिलो भए पनि गोही संरक्षण गर्ने प्रयास सकारात्मक रहेको छ,उनले भने,त्यसका लागि विस्तृत कार्ययोजना बन्दा पाल्हीनन्दन गाउपालिकाले के गर्नु पर्छ,भनेर दिईने जिम्मेवारी पुरा गाउपालिको गर्ने छ । तर यो कार्य हुनु पर्छ,उनी उत्साही हुदै भने,संघ सरकार र लुम्बिनी प्रदेश सरकारलाई समेत साथमा लिई स्थानियबासीसँग सहकार्य गरि अगाडी बढनु पर्छ ।
यता सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गोहीको संरक्षण गरि आरक्ष क्षेत्र बनाउने योजना खुशीको कुरा हो । सरावल गाउपालिकाले के गर्नु पर्छ ? त्यसका लागि तयार रहेको उनको भनाई थियो । भारत सिमासँग जोडिएको यो क्षेत्रमा प्राकृतिक रुपमा रहदै आएका गोहीको सरक्षणले आउने पुस्तालाई पनि प्राकृतिक संरक्षणको आभास गराउने छ,उनले उत्साह ब्यतm गरे, पर्यापर्यटन र साँस्कृतिक पर्यटन दुबै जोडेर यो क्षेत्रमा भारतिय पर्यटकलाई समेत आकर्षित गर्न सक्ने आधार बन्छ । भारतको महेशपुर मुल नाका भई रहेको हुदा भारतबाट आउने पर्यापर्यटकलाई प्राकृतिक मनोरम दृष्य बनाई देखाउन सकिन्छ । स्थानिय विद्यार्थीलाई पनि सो पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण गराउने नजिकको स्थान बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए । स्थानिय गोही आरक्ष क्षेत्र बनाउने कार्य सराहनिय भएको बन तथा वातावरण मन्त्री कलवारले यसका लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट पनि नियमसँगत आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताएका थिए ।