परासी, ३ मंसिर । सरावल गाउँपालिकाले आज एक औपचारिक कार्यक्रम बिच आफनो प्रशासकिय भवनको सिलन्यास गरेको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको मुख्य प्रशासकिय भवनको एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले सिलन्यास गरेका हुन् । गाउँपालिकाले वडा ३ सरावलमा स्थित गाउँपालिकाको भवन नजिकै नयाँ प्रशासनिक भवन निर्माणका लागि ठेक्का आव्हान गरेको थियो । सोही प्रशासनिक भवन निर्माणका लागि बुधबार विधिवत रुपमा गाउँपालका अध्यक्ष, उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले संयुक्त रुपमा भवनको सिलन्यास गरेका हुन् ।
गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि बिएम सार्वजनिक निर्माण जेभी नुवाकोटले भ्याट बाहेक ५ करोड ९७ लाख ४२ हजार ५८३ रुपैयामा ठेक्का लिई काम निर्माण काम थालेको छ । गाउँपालिकाले उक्त भवन निर्माणका लागि ८ करोड ३० लाख ६६ हजार १६८ रुपैया लागत अनुमान गरि ठेक्का आव्हान गरेको थियो । ठेकदार कम्पनीले उक्त भवन ढाई बर्षमा सम्पन्न गरि पालिकालाई हस्तान्त्रण गर्नुपर्ने सम्झौता रहेको छ । गाउँपालिकाको प्रमुख प्रशासनिक भवन सुविधा सम्पन्न हुने छ । भवनको सिलन्यास कार्यक्रममा गाउँपालिकाको ७ वटै वडाका वडाध्यक्षहरु वडा सदस्यहरु, गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि र संघसंस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।

