गण्डक क्षेत्रमा डुबान, कटान जिर्ण संरचनाहरूकाे उच्च स्तरीय अुनगमन

परासी,३ मंसिर । गण्डक कमाण्ड क्षेत्रमा भएका दर्जन बढि कार्यहरुको उच्च स्तरीय अनुगमन समितिद्धारा अनुगमन गरिएको छ । सोमबार गंगा बाढ नियन्त्रण आयोगका सदस्य शेर सिंहको नेतृत्वमा पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रमा सम्पन्न भएका योजनाहरुको अनुगमन गर्दै सो क्षेत्रमा देखिएको समस्याहरुका बारेमा पनि छलफल गरिएको छ । अनुगमन टोलीमा आयोगका सदस्य, आयोगका उच्च कर्मचारी, सिँचाई विभाग तथा कार्यालयका अभियन्ताहरु, र नेपालबाट सिँचाई विभागका उप महानिर्देशक कुसाङ्ग सेर्पा, गण्डक नहर सिँचाई व्यवस्थापन कार्यालय नवपरासीका प्रमुख तिलकराम बुढाथोकी समेतको सहमागीता रहेको थियो ।

एक वर्षमा गण्डक नदीको, ए, बी, सी ग्याप बाँध, लिंक बाँध, नेपाल बाँध, नेपाली तथा भारतीय नहरको अवस्था निरिक्षण गरिदै ति क्षेत्रमा बनेका पुल पुलेसा, नदीका पर्कुपाईन, तटबन्ध, स्पर, नोज र बाँध लगायतको योजनाहरुको अनुगमन गरिएको नेपाल गण्डक पश्चिम नहर सिँचाई व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख तिलकराम बुढाथोकीले जानकारी दिनु भयो । यो अनुगमन कार्य बर्षेनी हुने गरेको छ । अनुगमनका क्रममा गण्डक क्षेत्रको डुबान, कटान तथा नदि नियन्त्रणका लागि बनाइएका बाँध, नोज, स्पर ठोकरहरु अनुगमन गरियो भने सो क्षेत्रमा गरिएको निर्माण कार्यप्रगतिमा देखिएका समस्या र आवश्यक बजेट बारे आयोगको टोली र नेपाल भारतका सिचाई अभियन्ता तथा प्राविधिकहरुसँग छलफल समेत गरएिको बुढाथोकीले जानकारी दिनु भयो ।

अनुगमन टोलीले अनुगमन पश्चात सुस्ता ३ स्थित गण्डक कालोनीमा बसेको बैठकमा गण्डक बाँध अन्तरगतका विभिन्न बाँध, स्परहरुमा कामको गुणस्तरियता माथी प्रश्न उठाउदै भारतीय सिचाई अभियन्ता तथा प्राविधिकहरु संग सोधपुछ समेत गरेको थियो । स्पर बनाउदा फिनिसिँग (सफाई) काम नगरिएको स्पर तथा नदि तटबन्ध गर्दा नदिको सतहसँग म्याचिगँ(मिलान) किन नगरिएको सोधेको थियो । त्यस्तै नदीमा बनाइउको तटबन्धमा तलबाट ब्लकहरु बग्ने अवस्था रहेको, नदीमा राखिएका परक्युपाईनहरु पनि बगेर भासिए गएको अवस्थाबारे समेत चाँसो राखिएको थियो ।

नेपाल भारतको गण्डक सम्झौता अनुसारको अहिलेसम्म गण्डक कमाण्ड क्षेत्रमा सम्पन्न हुन नसकेका योजनाहरु र मर्मत गर्नु पर्ने योजनाहरुको बारेमा पनि बैठकमा छलफल गरिएको थियो । नारायणी नदीमा आउने ठुलो बाढीले विहारमा पु¥याउने क्षतिका बारेमा पनि चर्चा परिचर्चा गरिदै बाढी नियन्त्रणका लागि दुबै पक्षबाट गरिने ठोस कार्यको विषयमा पनि छलफल भएको थियो । गण्डक परियोजना अन्तर्गत गण्डक क्षेत्रमा डुबान, कटान, क्षतिपुर्ति, गण्डक नहरका जिर्ण संरचनाहरु, पावर हाउस रिहैबिटेशन, गण्डक नहरका जिर्ण पुलहरुको मर्मत र नहर सफाई जस्ता मुख्य कामहरु गर्नु पर्ने देखिएको छ जसका बारेमा भारतीय पक्षले खासै चाँसो नदेखाएकाले सो टोलीलाई प्रतापपुर गाउँपालिका अध्यक्षले एक विज्ञप्ती सार्वजनिक गर्दै ध्यानाकर्षण गराउनु भएको थियो ।

गण्डक परियोजना चलिरहेको छ तर अधिकांश सम्पन्न योजनाहरुमा व्यापक मर्मत तथा पुनः निर्माणको काम हुन देखिन्छ । गण्डक क्षेत्रका देखिएका केहि समस्या तथा निर्माण कार्यहरु भारतीय पक्षले गण्डक परियोजना मार्फत बर्षेनी गरिने काममा समावेश गरि सम्पन्न गर्ने छ भने ठुलो र महत्वपुर्ण योजनाहरु आगामी बस्ने जेसीकेजीपीको बैठकमा एजेण्डाको रुपमा प्रस्तुत गरि नेपाल अगाडी बढने बताइएको छ । यस अनुगमन तथा बैठकले गण्डक परियोजनालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । फुटेज र बाइट छ ।