परासी, ३० कार्तिक । पश्चिम नवलपरासीको परासीमा एक दिने शैक्षिक तथा सामाजिक गोष्ठी सम्पन्न भएको छ । ओलमा फाउन्डेसन नेपाल जिल्ला कार्यसमिति नवलपरासीको आयोजनामा परासी स्थित मदरसा जामिया फैजाने अहले बैतको सभाहलमा मदरसाकाे शिक्षा, शैक्षिक गुणस्तरका विषयमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा मदरसाको शैक्षिक गुणस्तरमा सुधार गर्न र मदरसामा पठनपाठन गराउने मोलाना शिक्षकहरुको पारिश्रमिकमा पनि वृद्धि हुनु पर्नेमा बक्ताहरुले जोड दिएका हुन । महङी बढदै जादा न्यून तलबमा अध्यापन गराउने मोलाना शिक्षकहरुलाई जिविको पार्जनमा समस्या समेत आउन थालेपछी मोलाना शिक्षकहरु रोजगारीका लागि बिदेशिन थालेका छन । बिगत १,२ बर्षमा जिल्लाबाट दुई दर्जन बढी मोलाना शिक्षक बिदेशी सकेका छ्न भने केहि विदेश जाने तयारीमा रहेको पाईन्छ ।
मदरसाहरुले, सरकारले तोकेको न्युनतम तलब १७५०० नदिदा मोलानाहरुलाई घर ब्यवहार मिलाउन सकस भैरहेको छ जसकारण उहाँहरु बिदेशीन पर्ने बाध्यता रहेको ओलमा फाउन्डेसन नेपालका अध्यक्ष मोलाना सैयद गुलाम हुसैनले दुखेसो पोख्नु भएको छ । उहाँले, मदरसाहरु पनि सामुदायिक विद्यालयजरु जस्तै शैक्षिक मुलधारमा आई सकेपनी संघीय तथा स्थानीय सरकारले भरपुर शिक्षक दरबन्दी दिएको छैन त्यसमा मोलाना शिक्षकहरुका लागि कुनै ब्यस्था पनि न मिलाएको चिन्ता व्यक्त गर्नु भएको हो । एक त मोलानालाई सरकारी नियुक्त नहुनु अर्को तर्फ निजि श्रोतबाट भर्ना भएको मोलानालाई न्यून तलब हुनु दुर्भाग्य कुरो रहेको जिकिर गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि मोलाना मुफ्ती मोहम्मद सादिक मिसबाहीले, शैक्षिक गुणस्तर सुधारमा ओल्मालाई बढी मिहिनेत गर्नु पर्ने सुझाव दिएका छ्न। उहाँले, शैक्षिक तथा मदरसाको गुणस्तर सुधारका लागि पठनपाठनमा आधुनिक विधि अपनाउने, पाठ्यसामग्रीहरु प्रभावकारी बनाउनु पर्ने बताउनु भएको हो । मदरसामा पढेका मौलाना शिक्षकहरुको मार्कशिट नेपालमा इक्युभ्यालेन्ट र मौलाना शिक्षक सरकारी स्तरबाट न्युक्तिका लागि संघर्ष नै गुर्न पर्ने आवश्यक्ता देखिएको जिकिर गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथि संविधानसभा सदस्य हाजी अलाउद्दिन अंसारीले मदरसा, मस्जिद, मोलानाहरुको हकमा देखिएको समस्या सामाधानका लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिनु भएको छ ।
गोष्ठी कार्यक्रममा मदरसा मस्जिद कबरिस्ता संरक्षण समितिका अध्यक्ष अमिरुल्लाह मिँयाले मस्जिद–मदरसा र कबरिस्ताको जग्गामा देखिएको विवाद भुमी आयोग मार्फत सामाधानका लागि पहल गर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा बोल्दै मिँयाले जिल्लाको धेरै ठाउँमा मस्जिद मदरसा र कबरिस्ता मुस्लिम समुदायको भोगमा रहेपछि स्थानिय स्तरमा विभिन्न विवाद रहदै आएकोले ति भोगचलनमा रहेको जग्गा मस्जिद मदरसा र कबरिस्तानको नाउमा दर्ता गरि विवाद सामाधान हुनु पर्नेमा विचार व्यक्त गर्नु भयो । कार्यक्रममा ओल्मा फाउडेशन नेपालका जिल्ला अध्यक्ष मौलाना सेराज अहमद निजामी, सचिव मोलाना उमर अलि निजामी, मोलाना मोहरम अलि निजामी, मोलाना सबरेआलम निमाजी र मोलाना जहिरुद्दिन लगायतले आफनो धारणाहरु राख्नु भएको थियो ।

