कुत्बुल मदारशाह दरगाह कमेटीको अध्यक्षमा अजमुद्दिन मिँया चयन

बेलाटारी, ९ असोज । कुत्बुल मदारशाह दरगाह कमेटीको अध्यक्षमा अजमुद्दिन मिँया चयन भएका छन् । विहिवार बेलाटारी स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा आयोजित संस्थाको चौथाें साधारण सभाबाट अजमुद्दिन मिँया अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् । संस्थाका अध्यक्ष निजामुद्दिन मिँयाले संस्था हित विपरित काम गर्दै आएको र संस्थामा एकलौटी गर्न खोजेपछि साधारण सभाबाट अध्यक्ष निजामुद्धिन […]

कृषि विधेयकविरुद्ध भारतमा चक्काजाम

एजेन्सी, ९ असाेज । भारतको संसदको दुबै सदनबाट पारित कृषि विधेयकविरुद्ध शुक्रबार किसान संगठनले भारतभरी चक्काजामको आह्वान गरेका छन् । सरकारले यी विधेयकलाई किसानको हितैषी बताउँदै यसले किसानको आय बढ्ने र बजार उनको उत्पादनका लागि खुल्ने जानकारी दिएको छ ।  यस्तै किसान संगठनले यो विधेयक कृषि क्षेत्रलाई व्यापारीको हातमा सुम्पिने कोसिसको हिस्सा भएको बताएको छ […]

वनमा जताततै भ्रष्टाचार, ८ वन अधिकृतमाथि कारवाही गर्न सिफारिस

काठमाडौँ, ९ असाेज । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा जताततै अनियमितता, भ्रष्टाचार र किर्ते काम भएको भेटिएको छ ।  यस कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रुख कटान गर्ने […]

बाढीकाे कारण नवलपरासीको जनजिवन कस्टकर बन्दै: ३० बढी घर डुबानमा

उमेश बि.क – परासी ,८ असाेज । तिन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् । सरावल गाउँपालिका वडा नं.५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ। वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् । तिन दिनदेखि परेक बर्षाका कारण साे क्षेत्र डुबान हुँदा […]

बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई उन्नत बाख्राको पाठी वितरण

उमेश बि.क- परासी,८ असोज । सुनवल सामुदायिक विकास केन्द्र पश्चिम नवलपरासीले पाल्हीनन्दन गाउपालिका वडा नम्बर–६ लंगडीपाकडका १० जनालाई उन्नत बाख्राका पाठी वितरण गरेको छ । संस्थाले युनाइटेड मिसन टु नेपालको सहयोग तथा पाल्हीनन्दन गाउपालिकाको समन्वयमा बैदेशिक रोजगारबाट घर फर्किएकाहरुका लागि उन्नत बाख्राको पाठी वितरण गरेको हो । कोभिड १९ समुदाय प्रतिकार्य कार्यक्रम अन्तरगत उक्त कार्यक्रम […]

पानीको बढ्दो चापको कारण त्रिवेणी ब्यारेजका सबै ढोका खोलियो

परासी, ८ असोज । अविरल मुष्लेधार बर्षाका कारण नारायणी नदीमा ठूलो बाढी आएपछी पानी निकासका लागि त्रीबेणी गन्डकको सबै ढोका खोलिएको छ। २ दिन देखि लागातार भारी वर्षाका कराण नारायणी नदीमा पानीको बहाव बढेपछि नेपाल भारत सिमामा रहेको गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो।नारायणी नदीमा पानीको बहावले नारायणी पुलमा चेतावनी सतह पार गरेको छ भने […]

विभिन्न पार्टी परित्याग गरि ७३ जना नेपाली काङ्ग्रेसमा प्रवेश

परासी, ६ असोज। नवलपरासीका ७३ जना विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। नेपाली काङ्ग्रेस सुस्ता गाउँपालिकाको आयोजनामा सुस्ता २,कुडियामा आयोजित कार्यकर्ता भेट्घाट तथा पार्टी प्रवेश कार्यक्रममा ७३ जना कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन। पार्टीमा प्रवेश गर्ने ती कार्यकर्ताहरुलाइ नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सान्सद देबेन्द्रराज कंडेलले अबिर माला लगाइ प्रवेश गराएका हुन। राजकुमार […]

नवलपरासीका बाढी प्रभावित परिवारलाई टेन्ट र त्रिपाल वितरण

परासी, ६ असोज । नेपाल–भारत महिला मैत्री समाजले बाढी प्रभावित परिवारलाई व्यस्थित टेन्ट र त्रिपाल वितरण गर्न सम्बन्धित स्थानिय तहलाई उक्त सामाग्री हस्तान्त्रण गरेको छ । समाजले नवलपरासीका बाढी प्रभावित घरपरिवारहरुलाई राहतका लागि भारतीय दुतावासबाट सहयोग प्राप्त उक्त टेन्ट÷त्रिपाल सरावल र प्रतापपुर गाउँपालिकालाइ हस्तान्त्रण गरेको हो । गाउँपालिकाहरुलाई हस्तान्त्रण गरिएको टेन्ट र त्रिपाल भोली बुधबार […]

प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

परासी, ५ असोज । नवलपरासीको प्रतापपुर गाउँपालिकाको सातौ गाउँ सभा सम्पन्न भएको छन । प्रतापपुर गाउँपालिकाका का० अध्यक्ष अन्जु चौधरीको अध्यक्षतामा गाउँ सभा सुरु भएको हो । गाउँ सभा बाट गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) एेन, विपद् जाेखिम न्युनिकरण तथा व्यवस्थापन एेन र सुशासन एेन २०७७ सर्वसम्मत पारित भएको छ। गाउ सभामा ४८ जना सदस्यहरुमध्ये […]

एम्नेष्टी नेपाल समुह ३१ परासीले दिप प्रज्वलन गरि मनायो विश्वशान्ती दिवस

परासी, ५ असोज । ईम्नेष्टी ईन्टरनेशनल नेपाल समुह ३१ परासी नवलपरासीले दिप प्रज्वलन गरि विश्व शान्ती दिवस मनाएको छ । एम्नेष्टी नेपाल समुह ३१ परासी र पिस क्लब ईन्टरनेशनलको संयुक्त आयोजनामा रामग्राम स्तुपमा दिप प्रज्वलन कार्यक्रम गरि शान्तीको कामना गरेको हो । एम्नेष्टी समुह ३१ का संयोजक हुसैन अंसारीको अध्यक्षता तथा रामग्राम नगरपालिका नगर प्रमुख […]