सघन शहरीको लागनीले चम्किदै रामग्राम नगरपालिका

0
201

परासी, ८ माघ। पश्चिम नवलपरासीको पुरानो नगरपालिका रामग्राम यतिबेला सफा सुन्दर र व्यस्थित देखिन थालेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले उक्ता पालिकामा व्यापक लगानी बढाएपछि पालिकाको मुख्य बजार परासी बजार र त्यसका आसपासका ५ वटा गाउँहरु मुहार नै फेरिएको पाइएछ । सघन शहरी कार्यक्रम अन्तर्गत रामग्राममा भित्रिएको सघन सहरीको लगानी र रामग्राम नगरपालिकाको सहकार्यमा भएको काम यतिबेला सम्पन्न भई देख्न लायक भएका छन् । सघन शहरीले रामग्राम परासीको मुख्य सडक बुद्धचोकदेखि निलोगेटसम्म दुबैसाईडमा नाला, फुटवे, र बिचमा डिभाईडर सहित फोरलेनको पिच सडक बनाएपछि कुरुप बजार यतिबेला फराकिलो सफा सुन्दर र व्यस्थित देखिन थालेको छ । त्यस्तै सहरीकै लगानीमा यता मन्झरिया चोदेखि झरही खोलासम्मको बाटाको २ लेन र बाईपासदेखि घण्टाघरसम्म फोर लेनको बाटो बनेको छ जसले परासी बजारको मुहार नै फेरिएको स्थानिय बताउछन् ।

त्यसैगरि सघन शहरीले रामग्रामको वडा ७ उजैनी, वडा ९ जोकवार, वडा १२ कुनवार, वडा ११ रानीपाडक वडा १० लंकहवाँ गाउँलाई नै पुर्वाधारमा नमुना गाउँको रुपमा विकास गरेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय प्रमुख प्रकाश अर्याल जानकारी दिनु भयो । उहँका अनुसार यस रामग्रामको क्षेत्रमा अर्ब बढि रुपैया लागनी गरिएको जिकिर गर्नु यो ।
जिल्लाको सदरमुकाम तथा रामग्रामको मुख्य बजार परासी बजार र ति ५ वटै गाउँमा बनाइएको कालोपत्रे बाटो झलझलती चम्कि रहेको छ । गाउँमा बाटो, ढलनिकास र फुतफात बनेपछि गाउँको सुन्दरता बढनुका साथै स्थानियहरु निकै लाभ समेत लिईरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here