टोल–टेक्स भवन पलस्टरमा गुणस्तरहिन बालुवा प्रयोग

0
441


परासी, २३ भदौ । परासी–भुमही सडक खण्डमा बनीरहेको टोल टेक्स भवन पलस्टरम गुणस्तर हिन बालुवा प्रयोग भएको पाइएको छ । जिल्लाको रामग्राम नगरपालिका ११ शान्तीचोकमा बनीरहेको टोल टेक्स भवन पल्स्टरमा स्थानिय झरही खोलाको धुलै–धुलो भएको बालुवा प्रयोग गरि ठेकेदारले बजेट कुम्ल्याई रहदा भने सम्बन्धित निकाय मौन बसेको छ । ठेकेदारले उक्त बालुवा नधोईकन सिधै पलस्टरको लागि प्रयोग गर्दा पलस्टर कमजोर हुने प्राविधिकहरुको भनाई छ । यस भन्दा पहिला पनि भवन निर्माणमा ठेकेदारले कमसल ईट्टा र गुणस्तरहिन बालुवा प्रयोग गरेको पाइएको थियो ।

सडक डिभिजन कार्यालय बुटवलले गैडाकोट, भैरहवाँ र परासी गरि ३ ठाउँमा टोल टेक्स निर्माण गर्न एमके प्रदिप ड्रागनलाई करिब साढे ३ करोडमा ठेक्का दिएको छ । ठेकेदारले साईटमा साईट ईन्जिनियर र प्रोजेक्ट बोर्ड नै नराखिकन गुणस्तरहिन कार्य गरि अनियमितता गरिरहेको नागरिक समाजका अध्यक्ष सम्भु उपाध्यायले आरोप लगाए । शसस्त्र प्रहरी बल परासी क्याम्पकै अगाडी यसरी गुणस्तरहिन मटेरियल प्रयोग गरि बजेट कुम्ल्याई रहदा कुनै निकायले ध्यान दिएको पाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here