महेशपुरमा मनाइयो राष्ट्रिय भूकम्प सुरक्षा दिवश

0
120

परासी, १ माघ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुरमा राष्ट्रिय भूकम्प दिवश मनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल बि. अाे.पी. हरपुर नवलपरासीको आयोजनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवश-२०७९ को अवसरमा प्रभात फेरि कार्यक्रम सम्मपन गरिएको छ।

पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुर चोक देखि महेशपुर भन्सार कार्यालय हुँदै सीमा नाका सम्म र्याली निकाली महेशपुर बसपार्कमा कोण सभामा परिणत भएको थियो।

कार्यक्रममा बोल्दै पाल्हिनन्दन गाउपालिका वार्ड नं ०२ का अध्यक्ष जगदीश प्रसाद गुप्ताले २०७२ साल वैशाख १२ गते आएको ठूलो भूकम्पमा धेरै मानिसले आफ्नो ज्यान गुमाएका थिए तर त्यसको क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले धेरै नै सहयोग गरेको तथा राज्यले यो सहयोगलाई उच्य मूल्यांकन गर्ने बताए ।

सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले धेरै बेघर भएका जनताको साराहा बनेको कुरा सम्पूर्ण देश बासी लाई जानकारी भएको भन्दै आगामी दिनमा भूकम्पद्धारा हुने क्षति न्यूनीकरण गर्ने पालिका तथा आम जनताले पुर्व तयारी गर्ने पर्नेमा जोड दिएका थिए।

कार्यक्रम वार्ड न. ०२ का वार्ड अध्यक्ष जगदीश प्रसाद गुप्ताको अध्यक्षता तथा वार्ड नं ०१ का वार्ड अध्यक्ष चुलाही प्रशाद यादवको अतिथिकता सम्पन्न भएको छ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य लीलावती हरिजन,छोटेलाल पासवान,वडा सदस्य राम सजीवन गुप्ता,विश्वनाथ यादव,आसमा खातुन, इलाका प्रहरी कार्यालय महेशपुरका इन्स्पेक्टर मेघनाथ चापागाईं, ससस्त्र प्रहरी बल हरपुरका इन्स्पेक्टर सुरेन्द्र बोहरा,महेशपुर भन्सार कार्यालयका प्रतिनिधी,पशु कोटेनटाइनका प्रमुख,माइती नेपालका प्रमुख, शंकरपुर प्रावि का प्रधानाध्यापक राजेश प्रसाद प्रजापति, पत्रकार रंजीत शर्मा, ध्रुव नारायण बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here