फोहोर–मैलाले पुल थुनिएपछि धानबालीमा असर : बजार पनि दुर्गन्धित

0
411


महेसपुर, २३ भदौ । फोहोर–मैलाले महेसपुर पुल थुनिदै गएपछि बाढिको जोखिम बढन थालेको छ । स्थानिय व्यपारीहरु आ–आफनो पसल एवं घरको फोहारे मेला पुलमा फाल्न थालेपछि पुल फोहोर–मैलाले थुनिएर बर्षाको पानी सहज निकास नपाएर बाढीको जोखिम बढन थालेको छ । केहि दिन अगाडी परेको बर्षाका पानी सो पुलबाट सहज निकास नपाएर धानबाली डुबानमा परेको थियो भने बस्तीहरु समेत बाढीको जोखिममा परेका थिए ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ महेसपुरको पुल फोहोर–मैला थुनिएर नै गतवर्ष सोही वार्डको बडकी सुनरीको २ सय विगाहा धानबाली डुबानमा परि नष्ट भएको स्थानिय पत्रकार लक्ष्मी हरिजनले बताए । उनले भने यस पुलबाट पानीको निकास नभएर सो स्थानिय घोलाको पानी ओभर फ्लो भएर धानबाली डुबानमा परेको थियो भने बडकी सुनवल गाउँपनि बाढीको जोखिममा परेको उनले जनकारी दिए ।

यो बगेको स्थानिय घोला अमानीगंज गाउँ हुदै झरही खोलामा मिसिएको छ । बर्षाको बेला यस सुनरी र अमानीगंग सिवानको पानी यसै घोला भई झरही खोलामा पानीको निकास हुने गर्दछ तर महेसपुरका स्थानिय व्यपारीहरु आ–आफनो पसलका फोहार मैलाहरु यसै घोलामा फाल्ने गर्दा यो महेसपुरको पुल फोहोर–मैलाले थुनिएर पानीको सिधै निकास हुन पाएको छैन जसको प्रत्यक्ष असर धान बालीनालीमा परिरहेको स्थानियहरु बताउछन् ।

यस पुल र घोलाको सर–सफाईका लागि नत्र सम्बिन्धत निकायकै ध्यान पुगेको छ नत्र स्थानिय व्यपारीहरुको ध्यान पुगेको छ । यसरी व्यपारीहरुले पुलमा फोहार मैला फाल्ने गर्दा बजार त दुर्गन्धित भएकै छ पानीको निकास नभएर धानबालीमा असर पर्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here