परासी , ३० पुस । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ सरावलमा अवस्थित सरावल बचत तथा ऋण सहकारी संस्थाकाे १२ अाैँ सधारण सभा सम्पन्न भएको छ। सहकारीकी अध्यक्ष ठगनि देबि हरिजनकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा एवम उपाध्यक्ष बासमति हरिजनकाे बिशिस्ट अातिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे। सधारण सभालाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले अार्थिक उन्नति समृद्धि सहकारी मानवको गाँस बाँस कपास लगाएतकाे गतिविधि सुधार्ने कामकाे महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ ।
सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुकाे साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । अगामि दिनमा सहकारी अगाडि बढाउनमा गाउँपालिकाबाट सकारात्मक भुमिका रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे। त्यस्तै उपाध्यक्ष हरिजनले अाज महिलाकाे ठुलाे साथि सहकारी भएको छ। अाफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र अावश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाकाे लागि अावश्यक छ। यसले महिला नेतृत्वमा ठुलाे सहयाेग गरेको भन्दै अगामि दिनमा सहकारी बिकासकाे लागि सहयोग र साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे।
सहकारी संस्थाकाे १२ अाैँ सधारण सभामा वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी, कार्यपालिका सदस्य द्वय रामानन्द हरिजन ,राम निवास ठाकुर ,समाजसेवी अम्बरीश चाैधरी ,मेघराज गाैतम, राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक उमेश बि.क लगायतले महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिदै सहकारीले महिलाको नेतृत्व विकास गरी आनीबानी परिवर्तन समेत ल्याएको जोड दिएका थिए । उक्त सहकारीको बार्षिक प्रतिबेदन सहकारीका व्यवस्थापक रेश्मा बि.कले गर्नुभएको थियो । २०६८ सालमा स्थापना भएको सहकारीले २८ लाख १७ हजार ४ सय २४ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको व्यवस्थापक बि.कले जानकारी दिनुभएको छ । सहकारीमा सरावल गाउँपालिका वडा नं. ३ र ४ का १ सय ९८ जना महिलाहरु आबद्ध रहेका छन ।