सक्ने कुरा मात्र विकास र निमार्णका काम लिएर जनताको माझ जान्छु : सांसद चौधरी

0
115

परासी, ३० पुस । नेपाली कांग्रेसका नेता एवंम् संघीय सांसद विनोद चौधरीले गर्न आफुले सक्ने कुरा मात्र विकास र निमार्णका काम लिएर जनताको माझ जाने बताउनुभएको छ । नेपाली कांग्रेस पश्चिम नवलपरासी क्षेत्रीय कार्य समिती क्षेत्र न. १ द्धारा आज नवलपरासीको जिमिरेभारमा आयोजीत कार्यकर्ता छलफल कार्यक्रममा बोल्दै नेता चौधरीले यस्तो बताउनुभएको हो । सो अवसरमा बोल्दै नेता चौधरीले बिकास र निमार्णका काममा आफु सदैब जनतालाई साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा बोल्दै सांसद चौधरीले आफु सवैमतदाताको सम्मान हुने गरी बिकास निमार्णका काममा हातेमाले गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा नवलपरासी निर्वाचन क्षेत्र न. १ बाट निर्वाचित सांसद चौधरीलाई नेपाली कांग्रेस क्षेत्रीय कार्य समितीले सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here