महेसपुर, २३ भदौ । महेसपुर भन्सार कार्यालयल नवलपरासीले भाद्र १० गतेसम्म ४१ लाख रुपैया राजस्व संकलन गरेको छ । भन्सारले आर्थिक बर्ष २०७५÷०७६ को श्रावण महिना देखि भाद्र १० गतेसम्म कुल ४१ लाख २१ हजार ९७५ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । करिब डेढ महिनामा उठेको यो राजस्व गतवर्षको श्रावण महिनाको तुल्नामा निकै कम उठेको छ ।
कार्यालयलले भन्सार पैठारी तर्फ २४ लाख ५६ हजार ७३०, कृषि सुधार शुल्क तर्फ ९८ हजार ९४२, सेवा दस्तुर तर्फ ८८ हजार ५००, अन्तशुल्क तर्फ ७५ हजार ५८ र मुल्य अभिबृद्धि कर तर्फ ९८ हजार ५२७ रुपैया राजस्व संकलन गरेको छ । महेसपुर भन्सार कार्यालय मुल भन्सार घोष्णा भईसकेपनि अझै कायान्वयनमा आउन सकेको छैन ।