सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
431

नवलपुर, २२ भदाै । पुर्वी नवलपरासीकाे कावासोती १७ डण्डा कोल्हुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका एक पतवारीका १७ वर्षका सुनिल महतो रहेका छन ।

डण्डाबाट कोल्हुवातर्फ जादै गरेको ना ३ ख ४२९५ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको लु ३३ प १९७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार महतो गम्भिर घाईते भएका थिए ।

उनलाई डण्डाको मध्यविन्दु सामुदायिक स्मृती अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here