महेसपुर मुल भन्सार अझै पनि भैरहवाँ भन्सारकै अण्डरमा

0
511


परासी, २२ भदौ । नवलपरासीको महेसपुर भन्सारलाई सरकारले साउन १ गतेदेखि नै मुल भन्सारको रुपमा घोष्णा गरेपनि अझै भैरहवाँ भन्सार कार्यालयको मातहतमा संचालनमा रहेको पाइएको छ । सरकारले साउन १ गतेदेखि नै महेसपुर भन्सारलाई मुल भन्सारको रुपमा कार्यान्वयमा ल्याउने घोष्णा गरेपनि अझै कार्यान्वयनमा आउन सकेको छैन ।

यता महेशपुर नाकालाई स्तरोन्नती गरि महेशपुर छोटी भन्सारलाई ठूलो भन्सार बनाउने निर्णय छिट्टै कार्यान्वयन हुने भन्सारका कर्मचारीले बताएका छन् । सरकारले आवश्यक प्रकृया पुरा गरि दशै अगाडी नै ठूलो भन्सारको रुपमा सचालनउमा आउने गरि गृहकार्य भइरहेको कार्यरत कर्मचारीले बताएका हुन् ।

अर्थ मन्त्रायले छिट्टै कर्मचारी पठाउने कुरा सुन्नमा आएको भन्सारमा कार्यरत नायब सुब्बा राम बहादुर विकले जनाए । मेचि देखी उदघाटनको कार्य शुरु भएको छ, उनले भने, अब चाडै नै महेशपुर भन्सारको स्तरोन्नती कार्यान्यन हुदैछ । सरकारले महेशपुरसंगै नेपालका अन्य पाँच भन्सार कार्यालय स्तरोन्नती एकै पटक गरेको हुदा सबैलाई क्रमशःकर्मचारी, पुर्वाधार सहितको योजना लिएर मुल भन्सारको रुपमा कर्मचारी टोली खटिने छ ।

उनका अनुसार मुल भन्सार भए पछि एक अधिकृत,६ जना नायब सुब्बा,१ लेखापाल, बाकी खरिदार र कार्यालय सहयोगी गरि कुल १७ जना कर्मचारी आउने छन् । बाकी सरोकारावाला निकायका पनि कर्मचारीसंगै आउने छन् । कृषि तथा पशु क्वारेन्टाईन लगायतका अन्य कर्मचारी र भन्सार एजेन्ट सहितका अन्य कर्मचारीहरु पनि आए पछि भन्सारले सुचारु रुपमा काम गर्नेछ ।

अहिले मुल भन्सार सञ्चालन गर्ने कर्मचारी टोली नआएका कारण भैरहवा भन्सार कार्यालयकै कर्मचारीले काम गर्दै आएका छन् । मुल भन्सारको टोली हाजिर भए पछि जिल्लाका विसुनपुरवा,भुजहवा,बसहिया,लक्ष्मिपुर र त्रिवेणी छोटी भन्सार पनि महेशपुर भन्सारबाटै नियमन हुनेछन् ।

भन्सार कहिले देखी सञ्चालनमा आउने भनि दैनिक जसो ब्यपारीबाट सोध पुछ गर्ने गरेका छन् । पुर्वाधार बन्दै जाने तर भन्सार त अधिकारिक रुपमा दशै अगाडी नै सचालन गरिने कुरा सुन्नमा आईरहेको नासु विकले जनाए । यो भन्सारले भैरहवा भन्सारको भिडलाई सहज बनाउने उनले दाबी गरे । भैरहवा भन्सारमा चाँप बढेका कारण भन्सार गराउने ब्यपारीले भन्सार कागज छिट्टै बनाए पनि मालसमान भित्रिन हप्तौ कुर्न परेको समस्या छ ।

महेशपुर भन्सार पनि मुल भन्सारको रुपमा काम गर्न थाले पछि भैरहवाको बैकल्पिक नाकाको रुपमा ब्यपारीले प्रयोग गर्न पाउने छन् । २१ किलो मिटर दुरीको अन्तरालमा भैरहवाको बैकल्पिक नाका महेशपुर नाका हुने भए पछि ब्यपारीलाई राहत हुनुे छ । त्यसमा पनि भैरहवा नाकामा मालसमान भित्रिए पछि एक मात्र बाटो भएर सिद्धार्थ राजमार्गले पनि सवारी साधन जाँम पर्ने समस्या भएको तर महेशपुर नाकामा छिर्ने वित्तिकै महेशपुर — त्रिवेणी, महेशपुर— बाँसा,महेशपुर— भुतहा, महेशपुर— चिसापानी, महेशपुर — गोपिगंज हुदै वर्दघाट र महेशपुर — त्रिवेणी गरी ६ वटा मार्ग भएको हुदा मालसमान ढुवानीमा पनि समस्या नहुने हुदा ब्यपारीहरुको आकर्षण बढने छ ।

महेशपुर मुल नाका भएको सरकारी निर्णयले मात्रै महेशपुरमा चहल पहल बढदै गएको छ । अहिले नै नवलपरासी पुर्वको गोछडा,कोलुवा,नारायणघाटबाटै नै सिधा सवारी साधन आउन थालेका छन् । टाढा टढाबाट उपभोतmा र ब्यपारी आउन थाले पछि पनि अहिले सिमावर्ति ठूठीबारी बजार पनि नेपालीले भरी भराउ छ । भन्सार उठ्ने दरमा पनि वृद्धि भएको छ ।

भन्सार कार्यालयका अनुसार चालु आ.ब.को साउन महिनामा मात्रै ४१ लख २१ ह्जार ९ सय ७५ रुपिया राजस्व संकलन भएको छ । भदौ महिनामा पनि राजस्व उठ्ने क्रम विगत भन्दा बढि रहेको छ । मुल भन्सार कार्यान्वयनमा आउने वित्तिकै दैनिक लाखौ रुपिया राजस्वक संकलन हुने हुदा सरकारले पनि यस प्रति चाँसो लिएर नै कार्य अगाडी बढाएको भन्सार कर्मचारीको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here