महेन्द्र मा.बि साेमनीकाे बिद्यालय ब्यवस्थापन समिति अध्यक्षमा अनाेज यादव चयन

0
164

परासी, १९ पुस । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अवस्थित महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । मंगलबार विद्यालयमा भएको अभिभावक भेलाले अनाेज यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ९ जना पदाधिकारी चयन गरिएको महेन्द्र माध्यमिक बिद्यालय साेमनीका प्र.अ अजय प्रसाद शर्माले जानकारी दिनुभएको छ । विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

अन्य पदाधिकारीमा सदस्यहरु रेखा काेहार ,बुधिया देवी चाैधरी ,लालचन पासि ,कलावति देबी हरिजन , गाैतम कहार , पदेन सदस्य वडा नम्बर ३ वडा अध्यक्ष ऋषिदेव दास पटेल , शिक्षक प्रतिनिधि याेगेन्द्र प्रसाद बानियाँ तथा सदस्य सचिव विद्यालयका प्र.अ अजय प्रसाद शर्मा रहनुभएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन हुनभएकाे यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्दै शैक्षिक बिकास अाजकाे अावश्यकता रहेकाेले यश विद्यालयलाई नमुना बनाउने याेजना सहित अगाडि बढ्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here