जाडाेका कारण नवलपरासीको जनजीवन प्रभावित

0
76

परासी, १९ पुस । दुई दिनदेखि एक्कासि बढेकाे चिसोको कारण नवलपरासीको जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिरो र बादल लागेपछि नवलपरासी लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो । बादलसँगै चिसो हावाको कारणले जाडाे अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहलमा घटेकाे छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामिण क्षेत्रमा यातायातका कम मात्रामा चलेकाे थियो । जाडाेले खासगरी वृद्धवृद्धा, बालबालिका, अपांगता , अशक्त तथा विरामी मानिस हैरानीमा परेका छन् भने किसानकाे काम प्रभावित बनेकाे छ । कार्यालयमा काम गर्ने कर्मचारीलाइ समेत कठिन बनाएकाे छ । स्कुले बालबालिका हैरानीमा परेका छन् । चिसोको कारण मुसहरवस्ती लगायत न्यून आर्थिक अवस्थाका व्यक्ति बढी प्रभावित हुने गरेका छन् । जिल्लाका दलित गरिब तथा विपन्न परिवारहरुः जनजिवन प्रभावित भई आम जनताको स्वास्थ्यमा समेत नकारात्मक असर पर्दै गएको छ ।

जाडोले किसानहरुलाई खेतमा काम गर्न कठिनाई भैरहेको छ भने ज्याला मजदुरी गर्ने श्रमिक र जागिर गर्ने कर्मचारीहरु समेतलाई चिसोले काम गर्न अप्ठयारो भएको बताएका छन् । ग्रामिण भेगमा दाउरा नहुँदा स्थानीयहरु गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेती लगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाहरु पनि प्रभावित हुन थालेका छन् । यता चिसो र शितलहर बढेसँगै नवलपरासीमा मानवीय क्षति हुन नदिन स्थानीय तहहरूले कुनै पूर्वतयारी गरेका छैनन् । कसरी छल्ने जाडाे ? यस माैसममा न्यानो कपडा, गेडागुडी जस्ता प्राेटिनयुक्त खाद्यान्न व्यवस्थापन मिलाउनुपर्छ । ताताेपानी, झाेल, गेडागुडी जस्ताे झाेलिलाे खाना खानुपर्छ । घर काेठा ताताे बनाउने प्रयाप्त ईन्धनकाे ब्यवस्थापन गर्नुपर्छ साथै घर तथा गाेठ र खाेरमा चिसाे नपस्ने गरी राम्रोसँग बेरबार गर्ने र गाईवस्तुको लागि न्यानाे स्थानकाे ब्यवस्था गर्ने एवम् तरकारी र अन्य बालिलाई छाेपेर सुरक्षित राख्न समयमै प्लास्टिक, सुकेको पराल वा साेतरकाे बन्दाेबस्त मिलाउनु पर्छ । बन जंगल संरक्षण र बृक्षाराेपण गर्नुपर्छ । अनावश्यक उर्जाकाे खपत नगर्ने साथ साथै जलवायु परिवर्तन र शितलहरकाे बारेमा सुसूचित हुने र अाफुले जानेको कुरा परिवारजनमा जानकारी गराउनुपर्छ । सावधानीः जाडाेकाे प्रभावबाट बच्नका लागि घरभित्र अागाे बालेर झ्यालढाेका थुनेर सुत्ने गरेकाे पनि पाइन्छ तर यसाे गर्नुहुदैन । बाहिरबाट अाउने हावा राेक्नुहुदैन । अागाे बाल्दा अक्सिजन नष्ट हुनेहुनाले हावा अाउने पर्याप्त खुला स्थान पनि हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here